Corporate

फेसियल हाउसले भृकुटीमण्डप मेलामा ५० प्रतिशत छुटमा कस्मेटीक सामान उपलब्ध गराउँदै

 

काठमाण्डाै‌- फेसियल हाउसको आफ्नो व्यवसाय प्रवद्धनको लागि भृकुटीमण्डप मेलामा स्टल राखेको छ ।

१० वष देखी ब्युटी सैलुनको क्षेत्रमा स्थापित फेसियल हाउसले सरल र सुलभ मुल्यमा कस्मेटीक सामान उपलब्ध गराउँदै आएको छ ।

आफ्नो व्यवसाय र सेवाको जानकारी दिनको लागि स्टल राखिएको प्रवन्ध निर्देशक सुष्मा महराले जानकारी दिइन् ।

भृकुटीमण्डप मेलामा स्टल राखी ४० देखी ५० प्रतिशत छुटमा कस्मेटीक सामान उपलब्ध गराइरहेको उनले बताइन् ।

फेसियल हाउसले काठमाण्डौ संगै पोखराका आफ्नै शाखा बाट पनि समान उपलब्ध गराउने जनाएको छ ।

दशैंको अवसर पारेर बिहीबारदेखी भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला लागेको छ । दशैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवाको बिक्री वितरण गर्ने लक्ष्यका साथ आयोजना भएके मेलामा बजारको तुलनामा सस्तोमा सामान किन्न पाइन्छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."