Interview

‘उद्योग वाणिज्य महासंघको उपाध्यक्षका लागि योग्य छु’

४० वर्ष देखी व्युटीपार्लर व्यवसाय गर्दै आएकी कमला श्रेष्ठ नेपालमा सफल अनि दिग्गज महिला उद्यमीको रूपमा चिनिन्छिन् । उनी नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारी सदस्यमा तिन कार्यकाल बिताउँदै छन् । कमला श्रेष्ठ सौन्दर्य कला व्यवसायी महासंघका अध्यक्ष पनि हुन । उनीसँग सौन्दर्य व्यवसाय र महिलाहरूको सांगठनिक क्षमता र यात्राका विषयमा बसन्त अर्यालले गरेको कुराकानीः

तपार्इंले आफूलाई कसरी चिनाउनु हुन्छ ?

पायोनियर ब्युटिसियनको रूपमा नै चिन्छन् मलाई । पाटन जिल्लामा यो व्यवसाय गर्ने पहिलो व्यक्ति हुँ । मैले थाइल्यान्डबाट यो पेशा सिकेर यहाँ शुरु गर्दा काठमाडौं उपत्यकाममा यसबारेमा कसैलाई थाहा थिएन । ४० वर्षदेखि यही क्षेत्रमा निरन्तर लागि रहेको छु । मैले त्यो बेलामा क्रान्ति नै गरेर यो व्यवसाय स्थापित भएकी हुँ । यस भन्दा अघि नेपालमा महिलाहरू व्युटीपार्लर खोलेर बसेको मैले थाहा पाएको छैन । नेपालमा ब्युटीपार्लर व्यवसायकै जन्मदातताको रूपमा हेर्छु र अरूले पनि त्यसरी नै हेर्ने गरेका छन् ।

यो व्यवसायमा कसरी लाग्नुभयो ?

ब्युटी पार्लर व्यवसाय नेपालमा नभएको बेलामा थाइल्यान्ड बाट सिकेर आएकी हुँ । नेपालमा महिलालाई कुनै पनि व्यवसाय गर्न त्यतिबेला निकै गाह्रो थियो । मलाई मेरो परिवारले सहयोग गरेर म व्यवसयमा हात हाल्न सकेकी हुँ । आफ्नै घरमा ४० वर्ष अगाडि शुरु गरेको व्यवसाय सिटिइभिटीबाट मान्यता पाएको पनि २६ वर्ष भइसक्यो । सिटिइभिटीबाट मान्यता पाउने सायम इन्स्टीच्युट नेपालकै पहिलो टे«निङ इन्स्टीच्युट हो । टे«निङ गर्दा शुरुमा त महिला मात्र सहभागि हुन्थ्यो, पछि पुरुष पनि आउनुपर्छ भन्ने लागेर पुरुषलाई पनि टे«निङ दिदै अगाडि बढें ।

तपाईंले व्यवसाय शुरु गर्दा ब्यूटीपार्लरलाई हेर्ने दृष्टिकोण कस्तो थियो ?

बाउबाजेको पालादेखि ठाकुरहरूले कपाल काट्ने गर्थे । महिला यो क्षेत्रमा लाग्नु त त्यतिबेलाको समाजमा अपाच्य थियो । मैले मेरै घरमा कपाल काट्न शुरु गर्दा मान्छेले हेर्ने दृिष्टकोण नराम्रो थियो । अर्को समाजमा ब्युटीपार्लर भनेको के भन्ने नै थाहा थिएन । श्रंगारपटार त आफैं गरिहालिन्छ नि भन्ने थियो । त्यो बेला राणा परिवार र शाह परिवारका सदस्यहरू मात्र यो बारेमा थोरै जानकार थियो । अरूलाई बुझाउन त वर्षौं लाग्यो ।

ब्युटीपार्लर सम्बन्धी आम धारणा कस्तो पाउनुहुन्छ अहिले ?

मैले जतिबेला ब्युटीपार्लर व्यवसाय शुरु गरे, त्यतिबेला न त समाजलाई बुझाउन टेलिभिजन थियो । न त सामाजिक सञ्जाल नै थियो । यहाँ आएर जसले सेवा लियो त्यसले अर्कोलाई भन्ने ‘माउथ टु माउथ’ कुराकानीबाट नै यो प्रति मानिसहरू जानकार हुन थाले । २०४२ सालमा नेपाल टेलिभिजन प्रशारणमा आए पछि मैले ‘घर परिवार’ भन्ने कार्यक्रम चलाएँ । यो कार्यक्रममा सौन्दर्य सामग्री र कला बारे जानकारी दिन थाले पछि मानिसमा रुची हुन थाल्यो । पछि च्यानल नेपाल सेटललाइटबाट देशभर प्रशारण हुन थाल्यो । देशभरका मानिसले यसमा चासो राख्न थाले । मेरोमा टे«निङ इन्स्टिच्युटमा तालिम लिएर पछि उनीहरूले आफ्नै व्यवसाय पनि गर्न थाले । जिल्ला जिल्लामा सेमिनारहरू गरें, बल्ल सौन्दर्यकला सम्बन्धी जिज्ञासा बढ्न थाल्यो । अहिले नेपाल करिब ३ लाख व्युटीसियन रहेका छन् । यो देख्दा एकदम खुसी लाग्छ । अहिले त सरकारले पनि खरिदार र नायव सुब्बा सरहको पदमा व्युटीसियनलाई जागिर दिन थालेको छ । पहिला एसएलसी पास हुन नसके वा प्लस टु पास हुन नसके ब्युटीपार्लर सिक्ने भन्ने थियो अहिले डिग्री पास गरेका पनि यो पेशा अँगाल्न थालेका छन् ।

ब्युटीपार्लर जाने भनेको फजुल खर्च भन्ने पनि बुझाइ छ नि ?

हरेक मानिसको बुझाई फरक–फरक हुन्छ । अहिले ब्युटीपार्लर फजुल खर्च गर्ने ठाउँ भन्दा पनि केयर सेन्टर जस्तै बनेका छन् । हरेक मानिसलाई तन्दुरुस्त देखाउन उसले खानेकुरादेखि लगाउने कुरा सिकाउँछौँ । राम्रो कपडा लगाए जस्तै ब्युटीपार्लर जानु पनि आकर्षक बन्नु हो । व्यक्तित्व विकास गर्नु हो । ब्युटी सामग्री अहिले दैनदिनको आवश्यकता भइसक्यो । कुनै उत्सवमा जाँदा मानिसलाई नभइ नहुने भइसक्यो । आफ्नो लुकलाई ठिकठाक राख्छु भन्नु फजुल खर्च हुँदैन । तर आफ्नो क्षमता अनुसारको खर्च गर्नुपर्छ ।

तपाईंको व्यवसाय गर्दाका समस्या के कस्ता छन् ?

पहिला ब्युटीपार्लर भनेको बुझाउन गाह्रो भयो । अहिले धेरै ब्युटीपार्लर भए सम्हाल्नै गाह्रो । यो यस्तो संवेदशनशील क्षेत्र हो तर अहिले बिना मापदण्ड जसले पनि ब्युटीपार्लर खोल्ने गरेका छन् । मानिसको बाहिरी स्वरूप संग बढी सम्बन्धीत भएकोले यो सेन्सेटीभ हो । आफु दक्ष नभई ब्युटीपार्लर व्यवसय गर्दा धेरैलाई नकरात्मक असर पारिरहेको छ । मानिसको प्रत्यक्ष जिवन बाहेक ब्युटीपार्लर व्यवसयनै आलोचनात्मक दृष्टिले हेर्ने गरिएको छ । कमसल सामग्रीको प्रयोग, के गर्दा के हुने भन्ने ज्ञानको कमिका कारण यो क्षेत्रमा बेथिति बढेको छ । सरकारले कुनै मापदण्ड तोकोको छैन यसलाई व्यवस्थीत बनाउन । सरकारले मापदण्डका आधारमा गे्रड मात्र छुट्याउने हो भने पनि धेरै समस्या समाधान हुन्छ ।
अर्को सरकारले ब्युटीपार्लर व्यवसायलाई विलासिताको व्यवसाय भनेको छ । २ सय प्रतिशत सम्म कर लगाएको छ । यसबारेमा पनि सरकारले विचार गर्नु पर्छ । ब्युटी व्यवसायमा प्रयोग हुने सामग्री नेपालमै उत्पादन गर्न सरकारले प्रत्साहन गर्नु पर्छ ।

आफूले नेतृत्व गरेको संस्थासंग सम्बन्धीत व्यवसाय नै अव्यवस्थित हुँदा दुःख लाग्दैन ?

ब्युटी व्यवसायलाई ब्यवस्थित गर्न सौन्दर्य कला व्यवसायी महासंघ स्थापना गरेका हौ । यो संस्था नेपाल उद्योग वाणिज्य महासंघसँग् मिलेर धेरै काम गदै आएको छ । हाम्रो क्षेत्रका समस्या समाधानको लागि सरकारलाई बारम्बार घच्घचाइ रहेका छौं । हामीले दक्ष जनशक्ति निमार्णको लागि जिल्ला जिल्लामा सेमिनार तथा टे«निङका कार्यकम पनि गर्ने गरेका छौ । मैले यो क्षेत्रलाई अगाडि बढाउनको लागि धेरै संघर्ष गरेकी छु । मलाई यसमा गर्व लाग्छ ।

तपाईं नेपाल उद्योग वाणिज्य महासंघमा महिला सभापतिको जिम्मेवारी सम्हाली सक्नु भएको छ । महिलाहरू व्यवसायमा अगाडि आउन नसक्नुको कारण के रहेछ ?

महिला व्यवसय क्षेत्रमा नभएका भन्ने त हुँदै होइन । हामिलाई दैनिक चाहिने चिज त महिलाले बनाउँदै आएका थिए । जस्तो जाडोमा लगाउने तातो लुगा त महिलले नै बुन्ने गरेका थिए । गाउँघरमा प्रयोग हुने गुन्द्री, सुपा पनि महिलाले बनाएकै हुन्थे तर महिला पुरुष सरह ठूला–ठूला आर्थिक गतिविधीमा समाहित भएनन् । महिलालाई पढ्न पठाइएन, महिला घरबाट बाहिर निस्कनै नपाउने अवस्थामा महिलाले कसरी व्यवसाय गरोस् । अब विस्तारै महिला पनि शिक्षीत भए राजनीति, सरकारी सेवा र व्यपार व्यवसायमा पनि आउँदै छन् ।
तर अझै पनि महिलाले पुरुषले जस्तो हिम्मत निकाल्ने गरेका छैनन् । महिला हुँ सक्दिनँ भन्ने मनोवृत्तिमा महिला डुबी बसेका छन् । यो पहिलाको समाजले महिलालाई हेर्ने दृष्टिकोणको कारण यस्तो भएको हो । महिलाले गर्न नसक्ने भन्ने केही हुँदैन, केवल आँट हुनुपर्छ । आफू अघि बढ्न चाहे केहीले रोक्दैन । महिलाहरूपनि बाहान बनाउने धेरै छन् काम गर्ने कम छन् त्यसैले महिला पछि परेका हुन् ।

तिन कार्यकाल सम्म तपाई नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारी सदस्यकै रूपमा बिताउँदै हुनुहुन्छ । अब महासंघमा तपाईंको भूमिका के ?

ब्युटीपार्लर व्यवसयमा मात्र आवद्ध भएर काम गर्दै गर्दा मलाई महासंघमा ल्याउन भवानी राणा, चण्डीराज ढकाल लगायतका उद्योमी साथीहरूको हात छ । धेरै व्यवसायी साथीले तपाई महासंघमा जानु पर्छ भनेकाले म चुनाव लडेको थिए जिते । पहिलो कार्यकाल त सिक्दैमा गयो त्यपछि फेरी निर्वाचन लडे फेरी जिते केहि काम गरे । मलाई महिला सभापति बनाइएको थियो महिलाहरूले कसरी व्यवसाय गरेका छन् भन्ने बारेमा धेरै बुझे । महिला उद्यमीहरूको लागि व्यवसाय सम्बन्धी टे«निङ गर्यो । अहिले तेस्रो कार्यकालमा म कार्यकारी सदस्यकै रूपमा छु । अब महासंघमा पनि सिनियर भइसकेको हिसाबले वस्तुगत तर्फको उपाध्यक्षमा लड्ने सोच बनाएको छु । मलाई धेरै साथीले नै तपाईं कहिलेसम्म कार्यकारी सदस्यको रूपमा मात्र बस्ने भनेर प्रश्न समेत गरेका छन् । महासंघमा तीन कार्यकाल राम्रोसँग जिम्मेवारी वहन गरेकाले उपाध्यक्षको जिम्मेवारी सजिलै बहन गर्न सक्छु ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."