Model

रेनो एक्सचेन्ज क्याम्प जारी

काठमाण्डौँ – नेपालमा रेनोको आधिकारिक बितरक एडभान्स अटोमोबाईलले रेनो कारले एक्सचेन्ज क्याम्प सुरु गरेको छ ।

यहि पुष ५ गतेदेखि पुष ८ गतेसम्म रेनोको सोरुम थापाथली, नक्साल र भक्तपुरमा रेनो एक्सचेन्ज क्याम्प आरम्भ गरेको छ ।

रेनो एक्सचेन्ज क्याम्प सुरु, ‘‘पुरानो छोडौं १ नयाँ गुडाऔं’’भन्ने ट्यागलाईनका साथ यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् ।

रेनोको क्विड, डस्टर र क्याप्चर मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ ।

अभियानले ग्राहकलाई तुरुन्त मुल्यांकन र एक्सचेन्ज, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ्ग, निशुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, इजी फाइनान्स सुबिधा लगायत सेवा उपलब्ध गराएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."