Feature

काठमाडौं मल खाली गर्न एक महिने सूचना, तीन सय व्यापारीको विचल्ली

file photo

काठमाडौं– काठमाडौंको मुटुमा रहेको प्रसिद्ध व्यापारिक केन्द्र काठमाडौं मलका व्यवसायीमा फेरि अन्योलता छाएको छ ।

लामो समयदेखि व्यवसाय गरेर आएकाहरु मल खाली गर्न कोषले सार्वजनिक सूचना जारी गरेपछि समस्यामा परेका हुन् ।

व्यवस्थापनमा समस्या आएपछि कोषले काठमाडौं मल भवन खाली गर्न ठेक्का लिने शिवलक्ष्मी कोजुको नाममा सूचना जारी गरेको हो ।

पहुँच र राजनीतिक निकटताका कारण सिमिति व्यक्तिको चलखेल गर्ने थलो बनिरहेको काठमाडौं मलको ठेक्का राजु समूहले निरन्तर नलिने देखिएको छ । मलको स्वामित्व रहेको कर्मचारी सञ्चय कोषले २०७५ मंसिर १३ गतेबाट ठेक्का अन्त्य भएको घोषणा गरेको छ । साथै एक महिना भित्र भवन खाली गरी हस्तान्तरण गर्न भनेको छ ।

जिर्ण हुँदै गएको भवनबाट भाडा उठाएर गोरखालीले कबुलेको रकम कोषलाई तिर्न नसक्ने भएपछि मलको ठेक्काबाट उक्त समूह बाहिरिएको बताइएको छ ।

कोष र ठेक्का लिनेबीच विभिन्न समय कुराकानी नमिल्दा यसको प्रत्यक्ष मारमा वर्षौंदेखि व्यापार गरिरहेका व्यापारीहरु परेका छन् । यसपल्ट पनि व्यापारीहरु मारमा पर्न थालेको भन्दै विरोध सुरु भएको छ ।

दुई वर्षअघिसम्म महलकै व्यवसायीहरुको व्यापार समिति बनाएर ९८ लाख रुपैयाँ भाडामा मल चलाइँदै आएको थियो । दुई वर्षअघि सूर्य इन्भेष्टमेन्टलाई २ करोड ७० लाख रुपैयाँमा ठेक्का दिइएको थियो ।

मलमा झण्डै ३ सय व्यपारी छन् । विभिन्न व्यवसाय चलाइरहेका उनीहरु सञ्चय कोषले भवन बन्द गर्दा रोजीरोटी मात्रै गुम्ने छैन, बैंक ऋणमा चलाइरहेको व्यवसाय समेत डुब्ने देखिन्छ । यसलाई मध्यनजर गरी मल बन्द नगरी ठेक्का हस्तान्तरण गर्न व्यवसायीले माग गरेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."