Interview

हिम्मतिला उद्योगी हेमराज ढकाल

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘इन’ लेखिएको ढोकामा देशलाई धारे हात लगाउँदै विदेशको यात्रा गर्नेको लाइन निकै लामो देखिन्छ । तर, ‘आउट’ लेखिएको ढोकाबाट ‘देशमै केही गर्छु’ भनेर फर्किने बिरलै भेटिन्छ । शिक्षा र अनुभवका लागि त्यही ढोकाबाट ‘इन’ भएका हेमराज ढकाल देशमै केही गर्न ‘आउट’ भएका व्यक्ति हुन् । जसले अहिले एक सफल उद्योगीको पहिचान मात्रै बनाएका छैनन्, सयौंलाई देशमै रोजगारी दिइरहेका छन् । देशमै केही गर्न चाहनेका लागि उदाहरण समेत भएका छन् ।

ढकालको जन्म भोजपुरको याकुविर्तामा भएको हो । ढकालका हजुरबा बडाहाकिम थिए भने बुवा लक्ष्मण प्रसाद ढकाल राजनीतिमा लागेर प्रधानपञ्चसम्म भए । ढकाल परिवारको बसाइँ भोजपुरमा धेरै भएपनि खेतिपाति झापामा पनि थियो । उनी पढ्न झापा झरे, पछि भारत र उच्च शिक्षा अष्ट्रेलियाबाट लिए ।

अष्ट्रेलियामा अन्डरग्य्राजुएट गरेपछि जापान पुगे । जहाँ उनका केही साथीहरु थिए । जापानमा उनले इन्साइकोपिडिया ब्रिटाननिका नामकोे डिक्सनरी प्रकाशित गर्ने कम्पनीमा ९ महिना मार्केेटिङ अफिसरका रुपमा काम गरे । उनी भविष्यमा आफ्नै व्यवसाय स्थापित गर्न अनुभव हासिल गरिरहेका थिए त्यहाँ । जापानबाट त्यसको सुरुवात गर्न चाहे । राम्रै आम्दानी रहेको उक्त जागिर छाडेर नेपालबाट ह्यान्डिक्राफ्ट जापान लैजाने र त्यहाँबाट सेकेन्डह्यान्ड गाडी नेपाल ल्याउने काम गरे । त्यसरी गाडी संस्थागत रुपमा नेपाल भित्र्याउने उनी पहिलो व्यक्ति हुन् ।
कलंकीमा सोरुम राखेर उक्त व्यवसाय उनले सन् १९९३ देखि १९९८ सम्म उनको उक्त व्यवसाय चल्यो । त्यसपछि उनले जापानिजसँग मिलेर ‘जापान अटो टेक्नो’ नामक सर्भिस सेन्टरको सुरुवात गरे । त्यो एक तहसम्म सञ्चालन गरे भाइभतिजालाई जिम्मा लगाएर उनी आफ्नो सपनाको व्यवसाय चिया बगानतिर लागे ।

मर्मत सम्भार सम्बन्धि प्याकेजमा सर्भिस दिन जापनीजसँग मिलेर जापानिज अटो टेक्नो सूरु गरें । त्यो पनि भाइभतिजालाई जिम्मा लगाएर उनी झापा चिया बगान गर्न गएँ ।

सन् २००३ मा उनले डेढदुई सय विगाह जमिनमा चियाबगान सुरु गरे । चियाबगान व्यवसाय पारिवारिक जस्तो पनि थियो, त्यसैलाई बढाउँदै लगेका हुन् उनले । चिया बगानमा लगानी गर्नुको कारण उल्लेख गर्दै उनी भन्छन्, ‘चिया बगान हेर्दा सुन्दर देखिने । अरुको बगान देख्दा आफ्नो पनि त्यस्तै होस् भन्ने चाहना जाग्थ्यो पहिलेदेखि नै । परिवार र छिमेकीको जमिन पनि थियो । त्यसैलाई उपयोग गरेर चिया बगान बनाइयो ।’ झापा टि स्टेटका रुपमा रहेको उनले चियाबगान गर्नुका अरु कारण इकोसिस्टम मेन्टेन, रोजगारी पनि सिर्जना, मौलिक उद्योग र अन्तर्राष्ट्रिय ब्रान्ड समेत हो ।

त्यहीँ रहँदा क्षेत्रीय तहको विकास बैंक एक्सल विकास बैंक सुरु गरे । जसको उनी अहिले पनि अध्यक्ष छन् । ‘बैंकतिर भने मलाई माहोलले तानेको हो । त्यो समय बैंक सञ्चालन गर्न धेरै पूँजी नचाहिने भएपछि साथीभाई मिलेर सुरु गरेका हौं,’ उनले भने ।

उनले त्यसपछि एक साथीको सहकार्यमा नेपालमै ‘हेरिटेज’ ब्रान्डको म्याट्रेस कम्पनी खोले । कलंकीमा रहेको जापान अटो टेक्नो तिनकुने सारेर त्यहीँ सुरु गरेका हुन् । जुन म्याट्रेसमा नेपालकै पहिलो उत्पादन भयो । उनी सम्झिन्छन्, ‘त्यो सयम ग्राहकलाई यसको प्रयोग कसरी गर्ने भनेर समेत सिकाउनुपथ्र्यो ।’

यहीँ उत्पादन सुरु गर्नको कारण छ उनले । भन्छन्, ‘त्यसअघि भारतबाट ल्याएर यहाँ बेचिन्थ्यो । यत्रो पैसा विदेश गइरहेको छ । यतै किन नगर्ने भनेर गरें । पारिवारिक वातावरण पनि औद्योगिक भएकाले मलाई सहयोग भयो ।’

संसारभरको प्रविधि उस्तै भएकाले यहीँ उत्पादन गर्दा गुणस्तर राम्रो रहेको उनी बताउँछन् । उनले सुरुवातमा मिटरमा दुई सय घटाएर मार्केटिङ गरेका थिए । उनलाई लागेको थियो, ‘यसलाई नेपालमा सफल बनाएँ भने कम से कम कार्पेटका क्षेत्रमा आयात प्रतिस्थापन गर्न सकिन्छ ।’ नेपालमा बनाउँदा उनीसँग जोखिम ‘चल्छ कि चल्दैन’ भन्नेमा थियो । तर, उनी नेपालमै बनेको कार्पेटप्रति नेपालीलाई विश्वास दिलाउन सफल भए ।

त्यसपछि उनी फर्निसिङ ब्रान्डमा गए । हेरिटेज फ्लोरिङ कार्पेट भनेर २०११ तिर सुरु गरेका हुन् । त्यसपछि यसैको बाइप्रोडेक्ट इपिइ रोल एन्ड सिटको सुरुवात गरे । यसरी उद्योग सुरु गर्दै तिनलाई सफलतासम्म पु¥याउन नेतृत्व गर्दै गए । अहिले उनी यी सवैको नेतृत्व गरिरहेका छन् ।
आफ्नै प्रगतिमा मात्रै रमाउने स्वभावका व्यक्ति होइनन् ढकाल । उनी देशको अर्थव्यवस्थामा व्यक्तिगत र सामाजिक रुपमा टेवा दिन खोजिरहेका हुन्छन् । यसक्रममा उनले विभिन्न संघ÷संस्थाको नेतृत्व गर्दै आफ्नो ‘भिजन’ समेत अन्य उद्यमी र देशका निम्ति दिएकमा छन् ।

उनी यतिबेला नेपाल उद्योग वाणिज्य महासंका कार्यकारी सदस्य र त्यसैको कृषि उद्यम केन्द्रका सह–अध्यक्ष छन् । कृषि उद्यममा उनी विशेष केन्द्रीत छन् । किनभने कुनै समय जापानमा उनले काम गर्दा उनका जापानिज साथीहरु भन्थे, ‘तिमीहरुको देशको भविष्य छ । किनकि तिमीहरुसँग प्रशस्त भर्जिन ल्यान्ड छ । विश्वलाई ठूलो समस्या खानाको हुने हो । त्यो तिमीहरु उत्पादन हुन्छ ।’

उनलाई त्यहीबेला लागेको हो, कृषि उद्योगमा केन्द्रीत हुनुपर्छ भन्ने । अहिले पनि उनी व्यवसायिक कृषि फार्ममा उनले जोड दिइरहन्छन् । उनले चिया उत्पादन संघ र किसान संघको नेतृत्व गर्दा नेपाल कृषिमा केन्द्रीत हुनुपर्ने थप कारण र सम्भावना बुझ्ने मौका पाए । उनी भनछन्, ‘कृषि क्षेत्रका सेमिनार र गोष्ठिमा जाँदा मैले अझै धेरै कुरा जानें ।’

कृषिमा उनको लगाव र अनुभव देखेर उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उनलाई कृषि उद्यम केन्द्रकी सह–अध्यक्ष प्रस्ताव गरिन् । उनले त्यसलाई स्वीकारे । त्यहाँ रहेर उनी कृषिकेन्द्रीत नीति निर्माणमा लबिइङ गरिरहेका हुन्छन् । सरकार र दातृ निकायको कोष ल्याएर कृषि उद्यममा लाग्न चाहनेलाई उद्यमी बनाउन सघाउछन् । उनी भन्छन्, ‘देशको अर्थतन्त्रको स्तर उकास्ने हो भने व्यवसायिक खेती गर्न जरुरी छ ।’

नेपालमा व्यवसायिक खेतिका लागि सबभन्दा ठूलो चुनौती भनेको चक्लाबन्दी जग्गा देखेका छन् । उर्बर भूमि बाँडिदै स–सानो टुक्रामा वर्गीकरण हुँदा उत्पादन घटेको उनले बुझेका छन् । यसको विकल्पन पनि उनले देखेका छन्, ‘सरकारसँग सवै प्रदेशमा ४०÷ ५० हेक्टर जग्गा छ । तीमध्ये खोलाका किनार र कुकाठ हुने ठाउँ धेरै छन् । तिनीहरुलाई सरकारले आफ्नै स्वामित्वमा राखेर भाडामा दिने नीति लिनुपर्छ ।’
त्यसो गर्दा व्यवसायिक खेति गर्नका लागि लगानी भित्रिन्छ । लगानीसँगै प्रविधि र नयाँ औजार समेत समेत भित्रिने उनको बुझाइ छ । तर, कृषि प्रधान देश भनेर पनि यसमा सरकारको प्राथमिकता नहुनु समस्याका रुपमा दर्शाउँछन् ।

स्थानीयका समस्या स्थानीय रुपमा समाधान गर्न सरकार अहिले स्थानीय तहको अवधारणामा संघीयता कार्यान्वयन गरेको छ । त्यसमा कृषि र कृषकलाई प्राथमिकता दिनुपर्ने उनी बताउँछन् । ‘अहिलेलाई कम से कम पनि हरेक स्थानीय तहमा कोल्ड स्टोरेज खोलिदिनुप¥यो । किसानले आफ्नो सामान जम्मा गर्ने र ग्राहक खोजेर बेच्न सक्ने होस्,’ उनी भन्छन् । यसैगरी बजार व्यवस्थित गर्नका लागि कृषि तथा फलफूल केन्द्र जरुरी देखेका छन् ।

यसैगरी प्रदेशमा कृषि औजार केन्द्र एक–एक वटा हुन जरुरी देखेका छन् । रसायनिक मल नेपालमै उत्पादन सुरु गरेर कृषकलाई सहुलियतमा दिनुपर्ने उनी बताउँछन् ।

कृषि रोड अभियानका रुपमा अघि बढाउनुपर्ने उनको दृष्टिकोण छ । ‘मेचीको महाकाली पु¥याउन भन्दा भारतको उत्पादन सस्तो पर्छ । यहाँको उत्पादन यहीँ उपभोग गराउनका लागि कृषि करिडोर जस्तो बनाउनुपर्छ,’ उनी भन्छन् । रसायन राखेको फलफूल खाइरहेका नेपालको हिमालमा अग्र्यानिक फलफूल सडिरहेको विषयमा सरकारले चासो दिनुपर्ने उनी बताउँछन् ।

यसैगरी कृषिमा ‘वन डोर पोलिसी’ जरुरी देखेका छन् । यसबाहेक कृषि नीतिलाई समय सापेक्ष परिवर्तन जरुरी उनले देखेका छन् । कृषि उद्योग भन्नेवित्तिकै थप २५ प्रतिशत कर लगाउन नहुने उनको तर्क छ । कृषिको प्रोसेसिङ युनिटलाई पनि कृषि सरह नै लिइनुपर्ने उनी बताउँछन् । अहिले नेपालको भूमिमध्ये २९ प्रतिशतमा कृषि छ । बन ४३ प्रतिशत छ । तर, बनबाट अपेक्षित आम्दानी नेपालले लिन नसकेको उनी बताउँछन् । त्यसैले उनी भन्छन्, ‘बनको समुचित प्रयोग गरौं । कृषिमा जोड दिउँ ।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."