Automobiles

मारुती सुजुकीले बलेनोको फेसलिफ्ट भर्सन सार्वजनिक गर्ने

काठमाण्डौं– मारुती सुजुकीले बलेनोको फेसलिफ्ट भर्सन सार्वजनिक गर्ने भएको छ ।

नयाँ मारुती सुजुकी बलेनोमा विभिन्न कस्मेटिक परिवर्तनका साथ विभिन्न अपडेटेड फिचर उपलब्ध गराइएको छ ।

नयाँ बलेनोको इन्जिनमा कुनै परिर्वतन गरिएको छैन । यसलाई कम्पनीले पहिला जस्तै पेट्रोल र डिजल इन्जिमा उपलब्ध गराउने छ । १.२ लिटर के सिरिज पेट्रोल इन्जिनले ८३ बीएचपी पावर र ११५ एनएम टर्क जेनेरेट गर्छ भने डिजेल इन्जिनले ७४ बीएचपी पावर र १९० एनएम टर्क जेनेरेट गर्छ ।

पेट्रोल युनिटमा ५–स्पिड म्यानुअल गियरबक्स र एक सीभीटी अटोमेटिक ट्रान्समिसनको विकल्पमा उपलब्ध हुनेछ ।

बलेनो फेसलिफ्टमा भएको सबैभन्दा महत्वपूर्ण परिवर्तन स्मार्टप्ले स्टुडियो हो ।

स्मार्टप्ले स्टुडियो एक एड्भान्स्ड इन्फोटेनमेन्ट सिष्टम हो । एप्पल कारप्ले र एन्ड्रोड अटोका अलावा यसमा म्युजिक सुन्न पनि सकिन्छ । त्यसैगरी समाचार पढ्न र मौसमको वारेमा समेत जानकारी लिन सकिन्छ । यसमा सवारी साधन अर्लट, ड्राइभिङ अनुभब र नेभिगेशन जस्ता फिचर चलाउन सकिन्छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."