Technology

सुवेसुले भित्रायो बोलेर टीभी च्यानल बदल्न मिल्ने नयाँ प्रविधी

काठमाण्डौं– सुवेसु केवल नेटवर्कले एलिक्जा स्मार्ट बक्स नेपाल भित्राएको छ । भृकुटी मण्डपमा जारी सुवेसु क्यान इन्फोटेक मेलामा सुवेसुले पहिलो पटक आफ्नो सेवा उपलब्ध गराएको हो ।

 

एलिक्जा स्मार्ट बक्स भनेको बोली बाट च्यानल बदल्न मिल्ने प्रविधी हो । यो प्रविधी नेपालमा पहिलो भएको सुवेसुको दाबी छ । टेलिभिजन च्यानल बदल्न रिमोटको प्रयोग हुँदै आएको थियो ।

साथै सुवेसुले इन्टरनेट सेवामा सय एमबीपीयस् भएको फेमली प्याकेज ल्याएको सुवेसुका अध्यक्ष सुधीर पराजुलीले बताएका छन् । घरमा प्रयोग गर्न सकिने यो सेवा ग्रहाकको लागि विशेष सेवा हुने उनको विश्वास छ ।

अध्यक्ष पराजुलिले कपोरेट संग कुराकानि गर्दै सरकारले व्यवसायीलाई कर मात्र लगाएको र सेवा विस्तारमा सहयोग नपुराएको गुनासो गरेका छन् । विद्युत प्राधीकरणले पोलको चार्ज धेरै लिएको र सरकारले पनि कर बढाएकाले व्यवसायी मारमा परेको उनको दाबी छ ।

उनले सुवेसु आफ्ना ग्रहाकको गुणस्तरिय सेवा दिदै आइरहेको भन्दै सरकारले त्यसको वातावरण बनाउन सहयोग पुर्याउन आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."