Banking & Insurance

एसबीआई बैंक र ह्याम्स अस्पतालबीच सम्झौता

काठमाण्डौँ — नेपाल एसबीआई बैंक र हस्पिटल अफ एडभान्स्ड मेडिसिन एण्ड सर्जरी बीच सम्झौता भएको छ।

सम्झौतामा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत शुभकान्त कानुन्गो र अस्पतालका अध्यक्ष रामशरण भडारी लगाएतले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार बैंकका कार्डबाहक ग्राहकले ह्याम्स अस्पतालमा उपचार गर्दा बैंकबाट जारी कार्डबाट बिल भुक्तानी गर्दा कुल बिलमा १० प्रतिशत र अस्पतालको हातामा रहेको फार्मेसीको बिलमा पाँच प्रतिशत छुट पाउने छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."