newspaper

हेलिकप्टरबाट धनगढी अवलोकन गर्ने प्याकेज सुरु

काठमाण्डौँ — हेलिकप्टरबाट धनगढी अवलोकन गर्ने प्याकेज पहिलो पटक सुरु भएको छ ।

धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सवको अवसरमा कैलाली उद्योग वाणिज्य संघले चार हजार रुपैयाँमा हेलिकप्टरबाट धनगढी अवलोकन गर्ने प्याकेज मंगलबारबाट सुरु गरेको हो ।

‘महोत्सवलाई मध्यनजर गरी हेलिकप्टरबाट धनगढी अवलोकन गर्ने प्याकेज ल्याएको संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए ।

महोत्सवपछि सुदूरपश्चिमको पर्यटकीयस्थल खप्तडमा समेत प्याकेज सुरु गर्ने ओझाले जानकारी दिए ।

धनगढी बजार अवलोकन गर्नका लागि धनगढीमा रहेको पुरानो एयरपोर्टमा हेलिप्याड समेत बनाइएको छ ।

संघको आयोजनामा १२ वर्षयता हरेक वर्ष सञ्चालन हुँदैआएको सुदूरपश्चिम महोत्सव सोमबार सुरु भएको हो ।

— अन्नपुर्ण

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."