Automobiles

पल्सर एनएस अब सिग्नेचर एलो कलरमा

काठमाण्डौं– पल्सर एनएस अब सिग्नेचर एलो कलरमा पनि उपलब्ध हुने भएको छ ।

यो भन्दा पहिले यो बाइक वाइल्ड रेड, ग्रेफाइट ब्ल्याक र मिराज ह्वाइट कलरमा मात्र उपलब्ध थियो । यद्यपि सन् २०१२ मा यो बाइक एलो कलरमा लन्च भने गरिएको थियो । तर पछि फेरि यसलाई बन्द गरिएको थियो ।

कम्पनीले आधिकारिक रुपमा नयाँ एलो कलरको पल्सर लन्च भने गरेको छैन । तर भारतीय डिलरहरुमा पुग्न थालिसकेका छन् ।

यसमा १९९।५ सीसी, लिक्विड कुल्ड फोर भल्व फ्युल इन्जेक्टेड इन्जिन छ । यसले २३.५ बीएचपी पावर र १८.३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड गियरबक्स छ ।

पल्सर एनएस २०० मा २८० एमएम फ्रन्ट डिस्क र २३० एमएमको रियर डिस्क ब्रेक छ । यसमा सिंगल च्यानल एबीएस छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."