Corporate

सोल्टी होटलकाे ६ महिनामा ९७.०७ प्रतिशत नाफा आर्जन

काठमाडौं– सोल्टी होटलले चालु आर्थिक वर्षको ६ महिनामा आम्दानीमा २८ प्रतिशतले बढाउँदै ८८ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ।

त्यस्तै खर्च ६८ करोड ७६ लाख रुपैयाँ छ। गत वर्ष यस्तो आम्दानी ६८ करोड ६३ लाख रुपैयाँ थियो।

होटेलले नाफा भने ९७.०७ प्रतिशतले बढाउँदै १५ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ।
होटलले गत वर्षको यही अवधिमा ७ करोड ६९ लाख रुपैयाँ थियो।

होटलको चुक्ता पूँजी ६६ करोड ६० लाख रुपैयाँ छ भने जगेडामा ९२ करोड ३५ लाख रुपैयाँ जम्मा भएको छ। प्रतिशेयर १० रुपैयाँ रहेको होटलको प्रतिशेयर आम्दानी २.२८ रुपैयाँ रहेको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."