Banking & Insurance

नवदुर्गा गाउँपालिकामा प्रभु बैंकको शाखाकार्यालय सञ्चालन

काठमाण्डौं– संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीयतहमाआप्mनो शाखाकार्यालय सञ्चालनमाल्याई बैंकको शाखा सञ्जालविस्तार गर्नुका साथै गाउँगाउँमा बैंकिङ्गपहुँच पुर्याउने क्रममाप्रभु बैंक लि.ले डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिकामा बैंकको नवदुर्गा शाखाकार्यालय सञ्चालनमा आएको छ ।

नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टबाट एक समारोहकाविच बैंकको नवदुर्गाशाखा कार्यालय समुद्घाटन भएको हो ।

शाखाकार्यालय उद्घाटन कार्यक्रममा डडेलधुरा जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीकदलका प्रतिनिधीहरु,उद्योग वाणिज्य संंघ डडेलधुराका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,स्थानीय व्यापारी, बुद्धिजिवी लगायतठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रमका नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले मन्तव्य राख्दै प्रभु बैंकले गाउँगाउँमापुगेर बैंकिङ्ग सेवाविस्तार गरेकोमाखुशी प्रकट गर्दै यस नवदुर्गा शाखाकार्यालयबाट यस क्षेत्रकासरकारी निकाय, व्यापारी, तथा आमसर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध भएको बताए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."