Banking & Insurance

बैंक अफ काठमाण्डूकाे ६ महिनामा ७३ करोड ७५ लाख नाफा

काठमाडौं– बैंक अफ काठमाण्डूले ६ महिनामा ७३ करोड ७५ लाख रुपैयाँ नाफा गरेको छ।

बैंकले ३३ प्रतिशतले नाफामा सुधार गरेको हो।

बैंकले खुद व्याज आम्दानी ३५ प्रतिशतले बढाएको छ।

बैंकले खुद व्याज आम्दानी एक अर्ब ७६ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष एक अर्ब ३० करोड रुपैयाँ थियो। बैंकले ८० अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब ५३ करोड रुपैयाँ ऋण लगानी विस्तार गरेको छ।

बैंकले निक्षेप संकलन १३ प्रतिशतले बढाउँदा ऋण विस्तार १५ प्रतिशतले सुधार गरेको छ। बैंकको चुक्ता पूँजी ७ अर्ब ७ करोड रुपैयाँ रहेको छ। बैंकले अझै ९३ करोड रुपैयाँ जुटाउनु पर्नेछ। जगेडा कोषमा ६ अर्ब १२ करोड रुपैयाँ जम्मा भएको छ।

पूँजीकोष अनुपात ०.८४ प्रतिशत विन्दुले घटेर १४.६१ प्रतिशत रहेको छ। खराव कर्जा थप ०.२२ प्रतिशत विन्दुले बढेर २.०८ प्रतिशत पुगेको छ।

आधार व्याजदर पनि थप ०.२२ प्रतिशतले बढाएर १०.६० प्रतिशत कायम गरेको छ। प्रतिशेयर आम्दानी ३ रुपैयाँले सुधार गर्दै २० रुपैयाँ रहेको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."