Automobiles

‘निसान किक्स’ फागुनमा काठमाण्डौंमा लञ्च हुँदै

काठमाडौं – नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसान किक्स आगामी फागुन ५ मा नेपाली बजारमा लन्च गर्ने भएको छ ।

पायोनियर मोटोकर्पका अनुसार पेट्रोल र डिजेल दुवै भेरिएन्टको कार नेपाली बजारमा उपलब्ध हुनेछ ।

सार्प, अपराइट स्टाइलिङ र एजी लाइन लुक भएको गाडिमा १७ इनचको एलोई ह्विल र २१० एमएम ग्राउन्ड क्लियरेन्स छ ।

निसान किक्समा १.५ लिटरको पेट्रोल र डिजेल इन्जिन छ । पेट्रोल इन्जिनले १०४ बीएचपी पावर र २४० एनएम टर्क प्रदान गर्छ । त्यसैगरी डिजेल इन्जिनले १०८ बीएचपी पावर र २४० एनएम टर्क प्रदान गर्छ ।

यसमा ठूलो साइजको टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम छ, जसले एन्ड्रोइड अटो वा एप्पल कारप्ले सपोर्ट गर्छ ।

सुरक्षाका लागि यसमा चारवटा एयरब्याग, ईबीडी सहित एयरब्याग, ब्रेक असिष्ट, हिल स्टार्ट असिष्ट र फर्स्ट इन सेगमेन्ट ३६० डिग्री क्यामेरा छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."