Technology

ईजी मोबाइलको दुई स्मार्टफोन एकै मासिक किस्ताबन्दीमा पाईने कम्बो अफर सार्वजनिक

काठमाण्डौँ — ईजी मोबाइल केयर प्रा।लि।ले विभिन्न ब्राण्डका स्मार्टफोनहरु मासिक किस्तामा दिने गरि ‘कम्बो अफर’ सार्वजनिक गरेको छ ।

कम्पनीले नेपालमै पहिलो पटक मासिक किस्ताबन्दीका लागि स्मार्टफोन खरिदमा कम्बो अफरसहितको योजना सार्वजनिक गरेको हो ।

कम्बो अफरमा एउटा स्मार्टफोन किस्तामा लिँदा अर्को स्मार्टफोन सस्तो मूल्यमा नै लान सकिने गरि कम्बो किस्ताबन्दी अफर ल्याएको हो ।

यो योजनामा तोकिएका ब्राण्ड र मोडलका दुई स्मार्टफोनहरु एकैपटक मासिक किस्ताबन्दीमा लान सकिनेछ ।

अर्थात एउटै मासिक किस्तामा दुईवटा मोडलका स्मार्टफोनहरु ग्राहकले किन्न पाउने छन् ।

त्यसको लागि ग्राहकहरुले केबल रु। १ रुपैयाँ तिरेपछि घर लैजान सक्नेगरि मासिक किस्ताबन्दीमा सहभागी हुन पाउनेछन् ।

कम्बो मासिक किस्ताबन्दी अफरमा सामसंगको हालै सार्वजनिक ग्यालेक्सी एस १० संग सामसंगकै ग्यालेक्सी जे सेभेन एनएक्सटी स्मार्टफोन एउटै किस्तामा लान सकिने छ ।

त्यसैगरि ग्यालेक्सी एस १० प्लससंग सामसंगकै ग्यालेक्सी जे सेभेन एनएक्सटी स्मार्टफोन एउटै किस्तामा लान सकिने छ ।

ईजी मोबाइल केयर प्रा।लि।का अध्यक्ष संजित पौडेलले ग्राहकहरुको मागलाई ध्यानमा राखेर नयाँ कम्बो अफर मासिक किस्तामा ल्याएको बताइन ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."