Automobiles

करिव २५ लाखको ड्याट्सन गो कारका यस्ता छन् विशेषताहरु

काठमाण्डौं– नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले नेपाली बजारमा ड्याट्सन गो गाडीको नयाँ खरिद मूल्य सार्वजनिक गरेको छ ।

२४ लाख ९९ रुपैयाँबाट प्रारम्भ हुने यस गाडीका विभिन्न ३ मोडेलहरु नेपाली बजारमा उपलब्ध रहेका छन् ।

यी गाडीहरु थापाथली तथा उत्तरढोकास्थित कम्पनीका आधिकारिक शोरुमहरु तथा नेपाल अधिराज्यभर रहेका विभिन्न १३ स्थानबाट सहजै प्राप्त गर्न सकिनेछ ।

नयाँ ड्याट्सन गो गाडीमा आरामदायी, सुरक्षा तथा स्टाइलिसबाट ड्राइभिङ्ग अनुभवको जीवन्तता प्राप्त गर्न सकिन्छ ।

कारले नयाँ युगको लागि जापानी प्रविधियुक्त इन्जिन, इन्धन किफायती, बस्नको लागि धेरै स्पेस तथा सुरक्षा जस्ता पक्षहरुको सर्वोत्तम प्याकेज प्रदान गरेको छ ।

नयाँ ड्यट्सन गोमा २८ विभिन्न विशेषता तथा १०० भन्दा बढी अपडेटहरु विद्यमान रहेका छन् ।

एनड्रोइड अटोप्ले र एप्पलकार प्लेको साथ ७ इन्चको टच अडियो छ भने १ ४ इन्चको डाइमन्ड–कट अल्लोइ ह्वील तथा सेफ्टी प्याकेज– डुयल एयर ब्याग, एबीएस ईबीडी बीए तथा पार्किङ्ग सेन्सर सुविधा रहेको छ ।

वेस्ट–इन–क्लासअन्तर्गत १८० एम.एमको ग्राउन्ड क्लियरेन्स, २४५० एमएमको ह्वील वेस, २६५ लिटर लगेज स्पेस तथा ४।६ एम टर्निङ्ग रेडियस रहेको छ ।
नयाँ ड्याट्सन गोमा पेट्रोल इन्जिन रहेको छ जसले प्रतिलिटर १९.८३ किलोमिटर प्रदान गर्दछ ।

२४ लाख ९९ हजार रुपैयाँबाट प्रारम्भ हुने सो गाडी विभिन्न ३ मोडलमा उपलब्ध छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."