Automobiles

बजाजको ४० हजार ५ सय भारुको मोटरसाइकल भारतमा लञ्च

काठमाण्डौं– बजाजले ४० हजार ५ सय भारुको मोटरसाइकल प्लाटिना १०० केएस सीबीएस भारतमा लन्च गरेको छ ।

वर्तमान प्लाटिना १०० ईएस इलेक्ट्रिक किक स्टार्ट भेरिएन्टमा मात्र उपलब्ध रहेको छ ।

नयाँ प्लोटिना मोडलमा १०२ सीसी, २ भल्व, सिंगल सिलिन्डर इन्जिन रहेको छ । सो इन्जिनले ७५०० आरपीएममा ७.९ एचपीको पावर र ५५०० आरपीएममा ८.३ एनएम टर्क जेनेरेट गर्छ ।

प्लाटिनामा ४ स्प्डि गियरबक्स रहेको छ । बाइकको फ्रन्ट र रियर दुबैमा ड्रम ब्रेक रहेको छ ।

प्लाटिनाको फ्युल ट्यांकी ११.५ लिटर क्षमताको रहेको छ । कम्पनीका अनुसार प्लाटिनाको टप स्पिड ९० किलोमिटर प्रतिघण्टा रहेको छ । बाइकमा एलईडी डिआरएल हेडल्याम्प समावेश गरिएको छ । बजाजको सो बाइक दुई रङमा उपलब्ध रहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."