Technology

९३ लाख प्रयोगकर्ताबाट फेसबुकले वार्षिक १२ अर्ब लैजान्छ

काठमाडौँ – फेसबुकले नेपालबाट वार्षिक १२ अर्ब रुपैयाँ लैजाने गरेको  छ ।

९३ लाख प्रयोगकर्ताबाट फेसबुकले १२ अर्ब रुपैयाँ लैजाने गरेको हो ।

त्यसैगरी नेपालमा यूट्यूब प्रयोगकर्ता ६० लाख र ट्वीटर चलाउनेको संख्या ४० लाख रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताएका छन् ।

इन्टरनेटको पहुँच ५६.७ प्रतिशत रहेको छ भने मोबाइलको पहुँच १३३ प्रतिशतमा पुगेको उनले बताएका छन् ।

प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा उनले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन् ।

सो बैठकमा उनले सामाजिक सञ्जाल नेपालमा दर्ता हुनु पर्ने र नभएमा कानूनी कारवाही गर्ने बताए । उनले भने–‘दर्ता नहुने सामाजिक सञ्जाल बन्द गरिन्छ ।’

बेलायतमा सामाजिक सञ्जालको गलत प्रयोग गरेमा ५ हजार पाउण्ड जरिवाना र ६ महिना कैद वा दुबै हुन्छ । भारत मै पनि ५ वर्ष कैद र १ लाख जरिवाना वा दुबै हुने कानूनी व्यवस्था छ । त्यसकारण पनि सामाजिक सञ्जालको नियमन गर्नु आवश्यक रहेको उनले बताए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."