Feature

‘सधै विदेशी अनुदान ल्याउने होईन , विदेशी लगानी ल्याउनु पर्छ’

काठमाण्डौं– राष्ट्रिय विकास परिषदको बैठकले १५ औं योजना पारित गरेको छ ।

८ महिनाको बृहत छलफल गरी १५ औं योजनाको आधारपत्र पारित भएको हो ।

राष्ट्रिय योजना आयोगले १५ औं योजनाको लागि ४ हजार भन्दा धेरै संग सुझाव लिएको बताएको छ ।

समृद्ध नेपाल सुखी नेपालीको मुल नारालाई आधार बनाई योजना तयार परिएको योजना आयोगले जनाएको छ ।

१५ औं पञ्चवर्षिय योजनाको नयाँ कुरा भनेकोसघिय ढाचाँ अनुसारको पहिलो योजना, प्रोजेक्ट बैंक, तथ्याङ्क प्रणालीमा आमुल परिवर्तन, स्वस्थ्य र शिक्षामा विशेष जोड रहेको योजना आयोगका उपाध्यक्ष पुष्पराज कडेलले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अरु योजना जस्तो यो नियमित योजना नभएको बताएका छन् । यो संघियता लागु भैसकेको र मुलुक समृद्धीको बाटोमा हिड्दै गर्दा ल्याउन लागेको विशेष परिस्थीतीको योजना भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले अतिकम विकासीत राष्ट्रबाट विकासित राष्ट्रमा पुर्याउने योजना भएको बताएका छन् ।

शिक्षा, स्वस्थ्य, गरिबी निवारण, मानव संसाधन विकास सुचाकाङ्क , सुशासन, जनजिवन स्तरमा वृद्धी गरी विकासित राष्ट्र बनाउने लक्ष्य लिएको बताए ।

उनले आफु ‘हंगर अफ डेभलपमेन्ट’मा भएको भन्दै योजनाले समृद्ध ल्याउनमा सहयोग पुग्ने बताएका छन् ।

अर्थमन्त्री खतिवडाले विदेशी साहयता निश्चित समयका लागि मात्र भएको भन्दै हामी आत्मनिर्भरको बाटोमा लाग्नु पर्ने बताएका छन् । उनले भने ‘विदेशी अनुदान ल्याउने होईन , विदेशी लगानी ल्याउनु पर्छ’ । १५ औं योजनाको आधारपनि यहि भएको बताएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."