Technology

बहुप्रतिक्षित ह्वावेको पी ३० सिरिजका स्मार्टफोन नेपालमा सार्वजानिक

काठमाण्डौं– बहुप्रतिक्षित ह्वावेको पी ३० सिरिजका स्मार्टफोन नेपालमा सार्वजानिक गरिएको छ ।

काठमाण्डौमा एक कार्यक्रम गरी ह्वावे पी ३०, ह्वावे पी प्रो ३०, र ह्वावे पी ३० लाईट सार्वजानिक गरेको हो ।

ह्वावे पी ३० सिरिजमा फोटोग्राफ्रीको लागि उत्कृष्ठ भएको कम्पनीले जनाएको छ । स्मार्टफोनमा सुपरस्पेक्ट्रम सेन्सर, एनपटीकल सुपरजुम लेन्स र ह्वावेको नयाँ टाईम अफ फ्लाईट लगाएतका प्रविधी जडान गरिएको छ ।

स्मार्टफोनमा ४० एमपीको मुख्य क्यामरा, २० एमपीको अल्ट्रावाइड एंगल, ८ एमपीको टेलिफोटो क्यामरा, ह्वावे टिआएफ क्यामरा र उत्कृष्ट सेल्फीको लागि ३२ एमपीको फ्रन्ट क्यामरा रहेको छ ।

ह्वावे प्रो को मूल्य १ लाख १९ हजार ९०० , ह्वावे पी ३०को मूल्य ८४ हजार ९०० रुपैयाँ, ह्वावे पी ३० लाईटको मूल्य ३९ हजार ९ सय ९० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."