Feature

चिनी उद्योगीहरुले सरकारलाई झुक्काए: प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी उद्योगीहरुले सरकारलाई झुक्काएको बताएका छन् ।

नेपाल उद्योग परिसंघको १६ औं वार्षिकउत्सबको अवसरमा उनले चिनी उद्योगीले नेपालमा दुई वर्षको लागि स्टक भएको भनी आफुलाई  झुक्काएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपाली चिनी उद्योगीले विदेशबाट धेरै चिनी आएत भएकोे भन्दै रोक्न माग गरेपछि आफुले प्रतिबन्ध लगाएको तर व्यवसायीले चिनी महंगोमा बिक्री गरी उपभोक्ताको ढाड सेकोको बताएका छन् ।

ओलीले भने ‘चिनी उद्योगीले सरकारलाई अनावश्यक रिपोर्टिङ गर्दै चिनी आयातमा रोक लगाउन उत्प्रेरित गरे,’ उनले भने, ‘सोही अनुरुप नेपाली उद्योगको संरक्षण गर्न चिनी आयातमा रोक लगाए त्यसको भोलीपल्टै देखि उद्योगीले बजारमा चिनी अभाव गराएर मूल्य बढाए ।’

ओलीले त्यसमा थप्दै भने ‘ चिनी उद्योगीले विदेशी सस्तो चिनी आयतले गर्दा आफुहरुले ५३ रुपैयाँमा चिनी विक्री गर्न खोज्दा पनि चिनी नबिकेको भन्दै विदेशी चिनी आयतमा रोक्न माग गरेका थिए । स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नको लागि प्रतिवन्ध लगाएको भोलीपल्टै चिनीको भाउ ८५ रुपैयाँ पुर्याए।’

पछिल्लो समय चिनी उद्योगले व्यक्तिगत स्वार्थका लागि गैरकानुनी काम गरेको भन्दै व्यवसायका नाममा आगामी दिनमा त्यस्ता काम नगर्न निर्देशन दिएका हुन् ।

सरकार निजी व्यवसायीका हरेक समस्या समाधन गर्न प्रतिवद्ध रहेको तर उद्योगीका ठगि क्रियाकलाप सरकारले बन्द गर्ने बताएका हुन् ।

दशै अघि चिनी व्यवसायीले नेपालमा पाकिस्तानबाट धेरै चिनी अयात धेरै हुँदा अफ्नो चिनी बिक्न नसकेको भन्दै प्रधानमन्त्री गुहारेका थिए ।

प्रधानमन्त्रीले स्वदेशी उद्योगीलाई प्रबद्धन गर्ने भन्दै चिनी आयतमा प्रतिबन्ध लगाए । व्यवसायीले त्यसको गलत प्रयोग गरी उपभोक्ता ठग्ने काम गरेका छन् ।

सरकारको त्यो प्रतिबन्धले साल्ट टे«डिङको चिनी विरगज बन्दरगहामै अड्कीदा साल्ट टे«डिङ कपोरेशनलाई करोडौ घाटा भएको छ ।

यसअघि कर्पाेरेटले सरकार चिनी माफियाकाे जालमा परेकाे भन्दै समचार प्रकाशन गरेकाे थियाे । 

यसैगरी कतिपय व्यवसायीहरु नक्कली विल बनाएर भ्याट छलीमा संलग्न भएको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् । ‘अहिले केही कम्पनीहरुले नक्कली भ्याट विल बनाएर जनताले तिरेको भ्याट रकम समेत गठी गर्दै आएका छन्,’ उनले भने, ‘सरकारले त्यस्ता व्यवसायीको सुक्ष्म अध्ययन गरिरहेको छ ठगी गर्ने कसैलाई पनि छाड्नेछैन ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."