Automobiles

नेपालले पनि विद्युतिय गाडी उत्पादन गर्न सक्छ: प्रधानमन्त्री

काठमाडौं -नेपाल उद्योग बाणिज्य महासंघको ५३औं साधारणसभा सम्पन्न भएको छ।

प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको सम्मेलनमा विभिन्न ब्यवसायी तथा जिल्ला र नगर संगठनहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बाेधन गर्दै   प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सफल बनाउन लगानी बढाउन आग्रह गरे।

ओलिले व्यवसायीहरूलाई विद्युतिय गाडि उद्योगमा लगानी गर्न आग्रह गरेका छन् । नेपाल भन्दा सा- साना देशले गाडि उत्पादन गर्ने गरेको भन्दै नेपालले पनि विद्युतिय गाडी उत्पादन गर्न सक्ने बताएका हुन् ।

उनले उद्यमीलाई सरकारले दिनसक्ने सहयोग र सुविधा उपलब्ध गराउने आस्वासनसमेत दिए।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."