Corporate

काठमाण्डौं मलमा भएको घोटला अख्तियारले छानविन गर्ने

file photo

काठमाण्डौं– काठमाण्डौं मलमा भएको घोटला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्ने भएको छ ।

द काठमाण्डौं मल व्यपार संघका अध्यक्ष सुषमा महराले अर्थ मन्त्रालय ,जिल्ला प्रशासन कार्यालय र अख्तियारले छानविन प्रक्रिया अगाडि बढायी सकेको बताएकी छन् ।

उनले आफ्नो कर्तुत ढाक छोेप गर्न मल बचाउ अभियान वा अरु केहि भनेर हिड्नुको कुनै अर्थ नभएको बताएकि छन् ।

द काठमाण्डौं व्यपार संघ मलका व्यवसायीलाइै निकास दिन लागिरहेको भन्दै सबै व्यपारीहरुलाई ढुक्क भएर आफ्नो व्यवसाय गर्न भनेकी छन् ।

केही समय अघि मात्रै संघको नेतृत्व लिएकी अध्यक्ष सुष्मा महराले कुनै पनि हालतमा हिसाव पारदर्शी हुनुपर्ने अडान कायम गरेपछि संघमा पहिलो कार्यकालमा रहेका ९ जनाले सामुहिक राजिनामा दिएका छन् ।

काठमाडौं मल व्यापार संघमा पहिलो ठेकेदार राणाले २०७१ मंसीर ५ देखि द काठमाडौं मल व्यापार संघ र राणाबीच सम्झौता भई कर्मचारी संचय कोषसमेतले स्वीकार गरी व्यापार संघबाट सिधै संचयकोषमा भाडा बुझाएको भनेता पनि २०७२ असोजसम्म १२ करोड ६२ लाख ६५ हजार रुपैया कर्मचारी संचय कोषले रकम नलिएको भनी राणाबिरुद्ध मुद्दा हालेको थियो ।

मुद्दामा पाटन अदालतले कर्मचारी सञ्चय कोषले भरी लिन पाउने निणर्य गरेको कागजसहित द काठमाडौं मल व्यापार संघमा उक्त अवधिको १२ करोड ६२ लाख ६५ हजार संघबाट भराई पाउ भनी राणा आएपछि संघबाट ९ जनाले सामुहिक राजिनामा दिएका हुन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."