Corporate

विना लगानीको प्रतिफल खोज्ने प्रवृत्ति व्याप्त: भवानी राणा

काठमाण्डौ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले विना लगानीको प्रतिफल खोज्ने प्रवृत्ति व्याप्त रहेको बताएकी छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधरण सभा एवं उद्योग वाणिज्य दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएकी हुन् ।

उनले स्थानिय समुदाय–उद्योग, व्यवसायप्रति उत्साहित, सकारात्मक र सहयोगी बन्न नसकेको बताएकी छन् ।
लागनीको लागि पुँजीको अभाव भएको भन्दै जमिन किनेर उद्योग, व्यवसाय गर्दा लागत अत्याधिक हुने गरेको, भौतिक पूर्वधार निकै कमजोर भएका कारण अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउन नसकेको बताइन् ।

अध्यक्ष राणाले मुलुकभित्र वर्षौदेखि सञ्चालित उद्यम व्यवसाका विषयमा सरकारका जिम्मेवार निकायबाट अनेकन गैर जिम्मेवारपूर्ण अभिव्यक्ति आउँदा व्यवसायीक अन्यौलता बढ्नुका साथै व्यवसाय विस्तारमा पर्ख र हेरको अवस्थामा रहेको बताईन् ।

लगनीकर्ताले मैत्री नीति छ कि छैन, वातावरण कस्तो छ, लगानीकर्ताले के सुविधा पाउँछन्, लगानीको ग्यारेन्टी छ छैन् भन्ने हेर्छ । उनले नेपालको समस्या भनेको नीति कानून राम्रा बन्छन् तर त्यसको कार्यन्यन अत्यन्त फितलो हुने गरेकोे बताइन् ।

विदेशी लगानी भित्रने पनि स्थानिय लगानीकर्ताकै माध्यम भएको भन्दै उद्यमी व्यवसायी सन्तुष्ट भए मात्रै उनीहरुले वैदेशिक लगानी र प्रविधी भित्र्याउन पहल गर्ने उनको भनाई छ ।

आर्थिक कुटनीतिको उचित परिचालन हुन नसकेको राणाको भनाई छ । गैर आवासीय नेपाली संगको सहकार्य आवश्यक भएको भन्दै उनीहरुले विदेशमा आर्जन गरेको ज्ञान, शिप ,पुँजीको भरपुर उपयोग गर्न सकिने धारण व्यक्त गरेकी छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."