Banking & Insurance

कामना सेवाको निःशुल्क बीमा सहितको नयाँ बचत योजना संचालनमा

काठमाण्डौं — कमना सेवा विकास बैंकले निः शुल्क बीमा सहितको नयाँ बचत योजना सार्वजानिक गरेको छ ।

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “खोलौ बैंक खाता अभियान २०७६”अभियानलाई सफल पार्ने उद्देश्यले सबै नेपालीमाझ बैंकिङ पहुँच पुर्याउने अभिप्रायका साथ बैंकले खोलौ बैंक खाता अभियानको थालनी गरेको हो ।

वैशाख १ गते देखि लागु हुने गरी उक्त बचत खाता संचालनमा ल्याएको हो ।

सो खाता खोल्ने हरेक व्यक्तिलाई बैंकले १ सय नगद खातामा जम्मा गरिदिने छ भने आफ्नै खर्चमा सात लाख सम्मको दुर्घटना बीमा समेत गरी दिने बैंकले जनाएको छ ।

हालसम्म बैंकले मुलुकभर ८१ वटा शाखा तथा ३७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."