newspaper

विश्वकै सबैभन्दा ठूलो विमानले भर्यो उडान

काठमाण्डौं — स्ट्रेटोलन्च कम्पनीले बनाएको विश्वकै सबैभन्दा ठूलो विमानले पहिलो उडान भरेको छ ।

स्याटेलाइट लन्च प्याडका लागि यो विमान निर्माण गरिएको हो ।

अन्तरिक्षमा उपग्रह छाड्नुअघि १० किलोमिटरसम्म यो विमानले उडान भर्न सक्छ ।

यो विमानको प्वाख ३ सय ८५ फुट लामो छ ।

बीबीसीका अनुसार विमानको प्याख कुनै पनि अमेरिकी फुटबल मैदान जत्रै छ ।

यो विमान प्रयोगमा आए अन्तरिक्षमा कुनै वस्तु जमिनबाट पढाउनुभन्दा यो अलिक सस्तो हुने प्राविधिकहरूले बताउँछन् ।

यो विमानमा दुई एयरक्राप्ट बडीलाई एकआपसमा जोडिएको छ ।

आधा दर्जन यन्त्रजडित यो विमानले पहिलो पटक उडान भर्दा १५ हजार फिट माथिसम्म पुगको थियो ।

कम्पनीका अनुसार यसको अधिकतम गति सीमा १७० माइल प्रतिघन्टा रहेको छ ।

— कान्तिपुर

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."