Banking & Insurance

राष्ट्रिय वाणिज्य बैंक पुग्यो सिंहदरवार

काठमाण्डौं — राष्ट्रिय वाणिज्य बैंकले २१८ औं शाखा सिंहदरबार परिसरमा संचालनमा ल्याएको छ ।
बैंकको उक्त शाखाको उद्घाटन बैंकका सञ्चालन समिति अध्यक्ष तथा सूचना प्रविधि तथा सञ्चार सचिव महेन्द्र बहादुर गुरूङले गरेका हुन् ।

राष्ट्रिय वाणिज्य बैंकले सिंहदरवार परिसरमा शाखा कार्यलयको स्थापना गरेसँगै सिंहदरवारमा एभरेष्ट बैंकको एकाधिकार तोडिएको छ ।

करिब ७ हजार कर्मचारी कार्यरत सिंहदरबारमा यसअघि एभरेष्ट बैंकको मात्र शाखा कार्यलय रहेको थियो ।

विभिन्न क्षेत्रबाट सिंहदरवार परिसरमा सरकारी बैंकको शाखा कार्यलय स्थापना गर्नुपर्छ भन्ने कुरा उठिरहेको बेलामा राष्ट्रिय वाािण्ज्य बैंकले उक्त शाखा संचालनमा ल्याएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."