skip this

Interview

व्यवस्थापनमा जमेका विजय सागर

 

पाटन सुन्धारामा जन्मेका विजय सागर प्रधान जीवनका धेरै उतार चढाव संगै सफल व्यवसायी बन्नेका छन् । व्यवसायिक जीवन संगै सामाजिक काममा पनि उत्तिकै चासो राख्ने प्रधान अहिले हाईड्रो, शिक्षा र इभेन्ट म्यानेजमेन्टको काममा रमाईरहेका छन् । ललितपुरका स्थायी बासिन्दा उनी १७ वर्षको उमेरमा नै नेपाल बैंकमा काम गर्ने थाले ।

२०४६ सालको आन्दोलन पनि उनी बैंकमै बसेरै देखे । आन्दोलनको समयमा राष्ट्रबैंकबाट पैसा ल्याउँदा तरकारी बोक्ने झोलामा बोकेर ल्याउने गरेको उनलाई याद छ । त्यतिबेलाको समय सम्झदै उनले भने ‘हामी राष्ट्र बैंकबाट करोडौ रुपैयाँ बोकेर आउँदा कसैले थाहा नपाओस भनेर तरकारी बोक्ने झोलामा बोक्थ्यौं।’

कलेज पढ्ने बेला देखिनै बैंकमा क्यासियरको रुपमा शुरुगरेको जागिरमा प्रमोशन हुनै वर्षै लाग्ने । बैंकको जागिरले उनको युवा जोसलाई रोक्न सकेन । त्यसपछि उनी बैंकको भन्दा पनि राम्रो पारिश्रमिक पाउने नेपाल उद्योग वाणिज्य महासंघमा जागिर शुरु गरे ।

महासंघमा काम गर्दैगर्दा उनको धेरै जना व्यवसायी संग राम्रो संगत भयो । यसैक्रममा न्यूरोडमा एउटा व्यवसाय पनि शुरु गरे तर सफल भएनन् । महासंघमै जागिरे रहदाँ उनको जीवनमा एउटा टर्निङ प्वाइन्ट आयो । त्यो हो, प्लानिङ एण्ड अर्गनाईजीङ ट्रेड फेयर विषयमा अध्ययनको लागि जर्मन सरकारबाट छात्रवृति । त्यस बेला उनी शंकरदेव क्याम्पसमा मास्टर्सको कोर्ष गरिरहेका थिए । उनले मास्र्टस कोर्ष छाडेर ट्रेड फेयर सम्बन्धि १ वर्षे कोर्षको लागि जर्मनी गए । उनले जर्मनीमा गएर धेरै सिके । प्रविधिको विकास कसरी भैरहेको छ, प्रर्दशनी कसरी आयोजना र व्यवस्थापन गर्ने भन्ने सिकेर नेपाल फर्किए पछि पनि उनले उद्योग वाणिज्य महासंघमा टे«ड फेयर चिफ भएर पुरानै अफिसमा निरन्तरता दिए ।

विस्तारै आम्दानी पनि राम्रो हुँदै गयो उनलाई केही गरौं भन्ने थियो । त्यसैबेला पारिवारिक व्यवसायको रुपमा बानेश्वर सपिङ सेन्टर खोले । शुरुमा राम्रै व्यापार गर्न सफल भए पनि नजिकै अरु धेरै सपिङ सेन्टर खुल्दा त्यो पनि खासै चल्न सकेन तत्पश्चात व्यापार बन्द गरे । तर उनी महासंघमा कार्यरत नै थिए ।

जर्मनीमा टे«डफेयरको कोर्षगरी फर्केका उनले महासंघबाट पहिलो ‘एग्रो एक्स्पो’ सञ्चालन गरे । नेपाल कृषिप्रधान देश भएकोले कृषि सम्बन्धी प्रर्दशन धेरै राम्रो हुने सोचेका उनले प्रदर्शनी व्यवस्थापनको क्रममा निकै गाह्रो महशुस गरे । किनकि यहाँ व्यवसायिक कृषिको व्यवस्था नहुँदा उनले सोचेजस्तो प्रदर्शनीको आयोजना राम्रो हुन सकेन । तर पनि सरकारको सहयोगमा महासंघको तर्पmवाट उनले पोखरा, बुटवल, चितवन लगायत अन्य जिल्लाहरुमा क्षेत्रिय औद्योगिक व्यापार मेलाहरुको आयोजना गर्न समन्वयकर्ताको भूमिका निर्वाह गरे । जसले गर्दा क्षेत्रिय स्तरमा त्यहाँको बजार विस्तार तथा उत्पादन विकासमा सहयोग पुगेको उनलाई लागेको छ । महासंघमा आवद्ध रहेकै अवस्थामा उनको खुट्टा तान्नेहरु पनि धेरै थिए । उनले भने ‘दुःख कसैले देख्ने होइन । सबैले घुम्यो मोज मस्ती गर्यो भन्थ्यो । तथापि मेला आयोजनाको क्रममा धेरै जिल्लासंग सम्पर्क संगसगै महत्वपूर्ण व्यक्तिहरुसंगको चिनाजानीले आजसम्मको व्यवसाय अगाडि बढाउन पनि ठूलो सहयोग पुगेको छ ।

उनको जीवनमा अर्को यस्तो महत्वपूर्ण टर्निङ पोइन्ट आयो जसले गर्दा आज उनी एउटा जागिरेबाट सफल व्यवसायी बनेका छन् । जापानमा अन्तराष्ट्रिय स्तरको प्रदशनी हुँदैथियो जसमा नेपालबाट सहभागिता जनाउनु पर्ने प्रावधान थियो । तर सो सहभागिता पठाउने सम्वन्धमा माथिल्लो स्तरवाट विशेष चलखेल भएवाट महासंघ तर्पmवाट टे«डफेयरको प्रमुखको हैसियतले सो क्रियाकलाप पाच्य नभएको कारणले त्यहिबाट महासंघसंगको लामो यात्रा टुंगाए ।

तत्पश्चात् उनले काठमाडौं एक्जिविसन मार्फत आप्mनो व्यवसायको यात्रा शुरु गरे । सो सस्थाबाट विभिन्न प्रर्दशनी गर्न सकिन्छ कि भनेर अध्ययन गरे । टे«ड फेयरमा लामो अनुभव तथा राम्रो जानकारी भएकाले काठमाडौं एक्जिविसन मार्फत उनले इलेक्ट्रीका, ब्युटी एण्ड बुटीका, अल्कोहोलिका लगायतका प्रर्दशनीहरु आयोजना गरे । तर त्यो समय प्रदर्शनीको लागि उपयुक्त समय थिएन । माओवादी जनयुद्धको रापतापका कारण व्यवसाय मैत्री वातावरण थिएन ।‘हामीले इलेक्ट्रीका एक्स्पो गर्दा नेपाल सरकारले जारी गरेको सार्वजनिक सूचना अनुसार ४ जना मान्छे पनि सार्वजनिक स्थलमा संगै हिड्न नपाउने अवस्था थियो । त्यस्तै व्युटी एण्ड बुटीकाको एक्स्पो गर्दा पनि इराकमा नेपालीहरुको निर्मम हत्या गरिएको अवस्थाले गर्दा काठमाडौंमा विरोध प्रदर्शनी भएको थियो र नेपाल सरकारले कर्फु लगाएको अवस्था थियो । जसले गर्दा सोचे जस्तो सफलता पाउन सकिएन ।’

तर उनका यी प्रयासहरुमा खासै सफलता हासिल हुन नसके पनि उनले त्यति बेला देखिनै विभिन्न संघ÷संस्थाका एक्स्पोको व्यवस्थापन गर्दै आएका थिए ।‘क्यान, इक्यान,घरेल मेला, सार्क व्यापार मेला साथै विभिन्न संस्थाको एक्स्पोको व्यवस्थापनका साथ साथ सभा सम्मेलन, वार्षिक कार्यक्रम जस्ता कार्यक्रमहरुको व्यवस्थापनको जिम्मा लिदैं सफलतापूर्वक सम्पन्न गर्दै आएका थिए । यही सफलता संगसंगै उनले व्यवसाय विस्तार गर्ने क्रममा साथीहरु संग मिलि नयाँ कम्पनी इभेन्ट सोलुशन प्रा.लि स्थापना गरे । नेपालमा प्रदशनी गर्नको लागि उपयुक्त स्थल नहुँदा चीनबाट एक्स्पोको लागि ह्याङ्गर(प्रर्दशनी स्थलको लागि टेन्ट) ल्याएर भाडामा दिने गर्नथाले । इभेन्ट सोलुसनको व्यानरमा धेरै प्रर्दशनी पनि सञ्चालनमा आए ।

अहिलेको सन्दर्भमा कुरा गर्दा नेपालमा संचालन भएका ठूला ठूला प्रदर्शनी तथा सभा सम्मेलनहरुमा हामी कुनै न कुनै रुपमा संलग्न नभएको कार्यक्रमहरु विरलै भेट्नु हुने छ । सार्क मेला देखि, नेपाल अन्तराष्टिय व्यापार मेला, नेपाल हस्तकला व्यापार मेला, हिमालयन टाभल मार्ट, हिमालयन हाइडो एक्स्पो, प्लास्ट नेपाल, इक्यान, दशैं मेला, नाडा, कृषी मेला सबैंमा हाम्रो सहभागिता छ । निकट भविष्यमा इभेन्ट सोलुसनका आयोजना तथा व्यवस्थापनमा फर्निचर तथा फनिसिंग एक्स्पो भाद्रमा, स्टक किलियरेन्स तथा टेक्स टायल्स एण्ड यार्न एक्स्पो असोजमा हुन गइरहेको छ । आगामी दशैलाई लक्षित गरी नयाँ दुई पांग्रे सवारीको एक्स्पो गर्ने प्रस्ताव गरेका छौं । हाम्रो आफ्नै ब्राण्डमा संचालित स्टक किलियरेन्स मेला, जसमा स्वदेशी उद्यमी व्यवसायी साथै इन्टरनेश्नल प्रदर्शनीकर्ताहरुको पनि उल्लेखनिय सहभागिता रहन्छ, यसले रामे्रा सफलता हासिल गरेको छ ।’ यस मेलामा विक्रिका लागि राखिने सामानमा विशेष छुत हुने भएकोले मेलाको आकर्षण वढ्दो छ ।

नेपालमा एक्स्पो गर्दा सबैभन्दा ठूलो समस्या भनेको प्रर्दशनी स्थल हो । सरकारी स्तरबाट पटक पटक प्रर्दशनी स्थल व्यवस्थापनको लागि बजेट पनि छुट्याएको छ तर पनि काठमाण्डौंमा उपयुक्त जग्गा नै उपलब्ध नभएको अवस्था छ । ‘मेरो व्यत्तिगत धारणामा मैले सबै भन्दा उपयुक्त देखेको भृकुटीमण्डप नै हो । त्यो सरकारी जग्गालाई पुरै खालि गरेर व्यापारिक हब एवं प्रदर्शनी स्थल बनाउन सकिन्छ । त्यहां स्थित हङकङ मार्केट, अरु खुद्रा पसल÷अफिसहरुलाई समेत उचित व्यवस्थापन गरेर जान सकिएको खण्डमा अझै पनि २० वर्षको लागि यो स्थल प्रयाप्त हुन्छ । अहिलेको परिपे्रक्ष्यमा यो स्थान जस्तो उत्कृष्ट प्रदर्शनी स्थल कुनै ठाउँमै छैन ।’

 

सरकारले अहिले काठमाडौंको चोभारमा प्रर्दशनी स्थल बनाउने योजना बनाएको छ, जुन स्वागत योग्य छ । तर उनलाई भने अहिलेको अवस्थामा चोभार भन्दा भृकुटीमण्डपलाई नै व्यवस्थित गर्दा उपयुक्त हुने लागेको छ । भृकुटीमण्डपमा हाल हल बाहेक अन्य कुनै व्यवस्था नभएकोले ठूलो समस्या भैरहेको छ । पार्किङको समस्या समाधान गर्न टुडिखेल देखि वरपरलाई नै अन्डर ग्राउण्ड पार्किङ बनाउन सकिन्छ । यदि यस्तो गर्याैं भने हजारौं हजार गाडि पार्किङ गर्न सकिन्छ । कमर्सियल हब बनाउनको लागि त्यहाँ चाहिने पूर्वधार विद्युत, सडक सबै उपलब्ध छ ।

एक्स्पो भनेकै अर्बौ कारोबार हुने व्यापारिक स्थल हो । नेपालमा नयाँ नयाँ क्षेत्रका एक्स्पो गर्दै जाने विचारमा छन् उनी । तर समस्या भनेको प्रर्दशनी स्थल नै हो । अहिलेको भृकुटीमण्डपको व्यवस्थापन दयनिय र कामै नलाग्ने अवस्थाको छ । न त्यहाँ शौचालयको व्यवस्था छ न अन्य कुनै सुविधा नै । इन्टरनेश्नल एक्स्पो गर्दा शौच गर्न जाने ठाउँ नहुनु भनेको लाजमर्दो कुरा नै हो । ‘जर्मनीबाट अध्ययन गरेर आएपछि मेरो एउटा सपना छ । काठमाण्डौंमा एउटा प्रर्दशनी कप्लेक्स होस् जहाँ सेमिनार गर्न पनि मिलोस् । नेपालमा दश हजार मान्छे राखेर कन्फेरेन्स गरौं भन्ने ठाउँ नै छैन ।’

उनले ट्रेडफेयरको अलावा शिक्षा क्षेत्रमा पनि लगानी गरेका छन् । साउथवेस्र्टन स्टेट कलेज बसुन्धारामा सञ्चालन भइरहेको छ । यहां प्ले गु्रप देखि पीएचडी सम्मको अध्ययन अध्यापन हुने कुरा पनि उनले जानकारी गराए । यहां शुरुको दिनमा १२९ विद्यार्थीबाट शुरु गरेको कलेज आज ३५ सय भन्दा बढी विद्यार्थी रहेका छन् । यसका अलबा उनको लगानी हाइड्रोमा पनि छ । उनको समेत संलग्नतामा नेपालमा नमुनाको रुपमा गुल्मीमा रुरु जलविद्युत आयोजनाको निमार्ण भएको छ । ५ मेगावाटको सो आयोजना प्रक्षेपण गरिएको निमार्ण अवधी भन्दा अगावै र अनुमानित लागत भन्दा कम खर्चमा निमार्ण भएको उनले अवगत गराए । अहिले उनी पनि संलग्न रहेको ८६ मेगावाटको सोलु हाइडो पावर निमार्णको प्रक्रियामा रहेको छ । जुन निजी क्षेत्रले निमार्ण गर्न लागेको ठुलो आयोजना हो । नेपालमा थुप्रै राजनीतिक परिवर्तन देखेका उनले व्यवसायिक वातावरण अहिले सम्म देख्न पाएका छैनन् । ‘सरकारले गर्छु भनेको काम नै गर्दैन । नेपाल सरकारले घोशित समय सम्म वा सो अवधि भन्दा अगावै काम सक्नेलाई प्रति मेगावाट ५० लाख दिने भन्यो तर रुरु जलविद्युत निमार्ण घोषित समयावधि भन्दा अगावै सक्दा पनि आज सम्म सरकारले दिने भनेको पैसा उपलब्ध गराएको छैन ।’ उनको अबको चाहाना स्वास्थ्य र पर्यटनमा लगानी गर्ने रहेको छ ।

 

व्यवसायिक क्षेत्रमा मात्र होइन सामाजिक क्षेत्रमा पनि उनले सानै देिख चासो राख्ने गरेका छन् । वर्षमा कम्तिमा दुई पटक रक्तदान गर्दै हालसम्म ५७ पटक भन्दा वढी रक्तदान गरिसकेका उनले डल्लुको एक विद्यालयमा फण्ड जम्मा गरेर विद्यार्थीहरुलाई छात्रवृतीमा पढाइरहेका छन् । यो संगै साना विद्यार्थीहरुको लागि किण्डर गार्डेन सञ्चालन गरिरहेका छन् । हाल रोटरी क्लब अफ बाग्मती काठमाडौमा संलग्न रही बुवा आमाको नाममा ८,८८,८८८.८८ को सिड फण्ड व्यवस्था गरी उक्त फण्डवाट आएको व्याजले रोटरी दी फोर वे टेष्ट र आखांको रेटिना विरामीको सहयोगको लागि खर्च गर्ने व्यवस्था गरेका छन् ।

(बसन्त अर्याल स‌ंगकाे कुराकानीमा आधारित ) 

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."