skip this

Technology

भिभो एस १ नेपाली बजारमा, अल्ट्रा गेम मोड र स्क्रीन टच आईडी सहितको विशेषता

काठमाडौं – भिभो नेपालले एस १ नेपाली बजारका भित्र्याएको छ। भिभो एस १ मा अल्ट्रा गेम मोड र स्क्रीन टच आईडी भएको स्मार्टफोन हो ।

भीभो एस १ मा स्मार्टफोन सूपर एमोलेड अल्ट्रा अल स्क्रिन, ३२ मेगापिक्सेल एआई सेल्फी क्यामरा, एआई ट्रिपल रियर क्यामरा र स्टायलिस डिजाइनजस्ता उत्कृष्ट विशेषताहरू रहेको कम्पनीले जनाएको छ।

भीभो नेपालका जनरल म्यानेजर मार्सले स्मार्टफोन डायमण्ड ब्ल्याक र स्काईलाईन ब्लू कलर्समा बजारमा आएको बताएका छन् ।

भीभो एस १ मा ६ जीबी र्‍याम र १२८ जिबीको आन्तरिक स्टोरज रहेको छ जसले भिडियो, गीत संगीत स्टोर गर्न र तस्वीर संग्रह गर्न अधिकतम स्थान उपलब्ध गराउँछ।

भीभो एस १ मा ४,५०० एमएएचको ब्याट्रीका साथ ड्यूल इन्जिन फास्ट चार्जिंग मिडियाटेक ६७६८ प्रोसेसर राखिएको छ। भिभो एस १ ले एन्ड्रोयड ९.० पाईमा आधारित पछिल्लो फनटच ओएस ९ अपरेटिंग सिस्टमका साथमा स्मार्ट बटन र एआई जोभी फीचर ल्याएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."