skip this

Banking & Insurance

सनराइजको ऋणपत्र सिद्धार्थ क्यापिटलले बेच्ने

काठमाडौं, भदौ ५ । सनराइज बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा गर्न सिद्धार्थ क्यापिटल नियुक्त भएको छ । यस सम्बन्धमा सनराईज र सिद्धार्थबीच सम्झौता भएको छ ।

बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नेछ । सात वर्ष अवधिको ३ अर्ब रुपैयाँ रकम बराबरको उक्त ऋणपत्रको १० दशमलब २५ प्रतिशत वार्षिक व्याजदर रहेको छ । उक्त व्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र सिद्घार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमिल्सिनाले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

बैंकको ऋणपत्रको नाम सनराइज डिबेञ्चर २०८३’ रहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."