skip this

Feature

धरहरा निर्माणकाे लागि साईड किलिरेन्सको बाटो खुल्याे: काम अब तिब्र गतिमा

कमला भुसाल
काठमाडौं, भदौ ८

सुन्धारा स्थित भिमसेन स्तम्भ (धरहरा) पुनर्निमाणको काम अब तिब्र गतिमा अघि बढ्ने रमन कन्ट्रक्सनले बताएको छ । धरहरा निमार्णको लागि आवश्यक पर्ने साइड किलियरेन्सको बाटो खुले संगै काम तिव्र गतिमा अघि बढ्ने बताएको हो ।

२०७२ सालको बिनासकारी भुकम्पले भत्काएको धरहराको पुन निर्माणको काम हुँदाहुदैँ स्थानियको अवरोध तथा साइड किलिरियन्स नहुँदा काम सुस्तगतीमा चलिरहेको थियो ।

गत हप्ताको मन्त्री परिषदको बैठकले कर्मचारी सञ्चयकोषको सुन्धारा स्थित जग्गा र साविक गोश्वारा हुलाक कार्यालय पुनःनिर्माण प्राधिकरणले प्राप्त गरेको जग्गा सट्टापट्टागर्ने निर्णय गरेको छ ।

रमन कन्ट्रक्सनले साइड किलियरेन्स नहुँदा काम हुन नसकेको बताउँदै पुनःनिमार्ण प्रधिकरणलाई छिटो साईड किलियरेन्स गर्न ताकेता दिएको थियो ।

निर्माणधिन धरहराको कम्पाउण्डभित्र पुरानो हुलाकी बाटो बन्दगर्दा स्थानीयहरुलाई असहजहुने भन्दै त्यसको उचित विकल्प दिएर मात्रै काम अघि बढाउन दबाब दिएका थिए । तर रमन कन्ट्रक्सनका अध्यक्ष रमन महतोले साइड किलियरेन्स संगै स्थानियको माग पनि संबोधन हुने बताए ।

धरहरा पुनःनिर्माणका प्रोजेट म्यानेजर श्याम श्रेष्ठले अहिलेसम्म धरहरा पुनर्निमाणको काम २१ प्रतिशत मात्रै भएको बताएका छन् । श्रेष्ठले वित्तिय प्रगती लगभग २२ प्रतिशत भएको बताए । उनी भन्छन, ‘सरकारबाट बिलिङ लियो भने ५४ करोड भ्याट बाहेक लिन्छौं । यो प्रोजेक्ट भ्याट सहित तीन अर्ब ४९ करोडको हो । अहिलेको प्रगती हेर्दा जुन ठाउँमा धरहरा बन्छ त्यसको डबल बेसमेन्ट स्ल्यापगर्नकालागि आदी पार्टसहरु बनाउनका लागि फलामे डण्डिहरु बाँध्ने काम भइरहेको छ ।’

दुई वर्षमा धरहरा निर्माण गरिसक्ने लक्ष्य अनुरुप २०७५ असोज १४ गते देखि धरहरा निर्माणको काम थालनि भएको थियो । काम सुरु भएको एक वर्ष हुनलाग्दा बल्ल २१ प्रतिशतकाम सम्पन्न भएको छ । अहिले सम्म धरहराको डबल बेसमेन्टको कामपनिआदि मात्रै भएको प्रोजेक्ट म्यानेजर श्रेष्ठले बताए ।

उनले अहिलेसम्मकामगर्नको लागि साइट पोजिसन नपाएको बताएका छन् । उनि भन्छन,‘ डबल बेसमेन्ट धरहराको साइट पोजिसन पनि आदि मात्रै पाएका छौं, टक्सार पनि आदि मात्रै हो । जहाँ म्यूजीएम हुनुपर्ने हो त्याहाँ पनि पाएका छैनौं । हुलाकमा बस्ने त्रिपल बेसमेन्ट त्यो पनिपाएका छैनौं । इटहरी ब्लकपनि पाएका छैनौ त्यही भएर चार वटा कम्पोनेन्टमा तीनवटा पाएका छैनौं । डबल बेसमेन्ट विथ डबल टावर जहाँ २२ तलाको टावर बन्छ त्यो पनि आदि पाएका छौं ।’

हुलाकको ठाउँ खाली हुने सुचना आएको बताउँदै श्रेष्ठले खाली भएल गत्तै त्रिपल बेसमेन्टको काम अगाडी बढ्ने जानकारी दिए । उनले एक महिनामा दुई फ्लोर गरेर कामगर्ने योजना रहेको बताए ।उनका अनुसार सरकारले कायम गरेको समयमै निर्माण काम सकाउने योजना रहेको छ । अब बन्ने धरहरा ४२.२ रोपनिमा निर्माण हुनेछ । धरहराको हाइट ७९.२ मिटर रहनेछ ।

अब बन्ने धरहरा पुरानै डिजाइनमा आधुनिक सुविधा सम्पन्न हुनेछ । धरहरामा पहिलेको जस्तो भर्याङ चढ्नुपर्ने अवस्था भने हट्ने भएको छ । जसमा लिफ्टबाटै आवतजावत गर्न सकिनेछ । धरहरा ११ तलाको बन्नेछ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनेछ ।

धरहराको परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."