skip this

Corporate

सुनको मुल्य अहिले सम्मकै उच्च: प्रतितोला ७२ हजार ५००

काठमाडौं– सुनको मुल्यले अहिले सम्मकै उच्च भई एतिहासिक मुल्य कायम भएको छ ।

सुनको मूल्यमा भएको लगातार वृद्धिले आइतबार बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला ७२ हजार ५ सयमा पुगेको हो ।
त्यस्तै तेजावी सुन प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदीको मूल्य पनि एक तोलामा २५ रुपैयाँले बढेर ८५० पुगेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."