skip this

Automobiles

एनटर्क १२५ स्कुटरको लागि स्वस्तिमा र प्रदिप खड्का ब्राण्ड एम्बेस्डर नियुक्त

काठमाडौं– जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा ल्याएको एनटर्क १२५ स्कुटरको लागि नायिका स्वस्तिमा खण्डका र नायक प्रदिप खड्कालाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ।

जगदम्बा मोटर्स प्रालि टीभीएस मोटर कम्पनीको लागि नेपालको आधिकारिक बिक्रेता हो ।

कम्पनीका अनुसार उक्त स्कुटरमा स्मार्ट एक्सोनेट रहेको छ । यसमा स्टेट अफ आर्ट सीभीटीई आरईभीभी ३ भल्भको इन्जिन रहेको छ।

एक्जस्ट नोटमा प्रतिघण्टा ९५ किलोमिटरको उच्च गति दिने कम्पनीको भनाइ छ। यसमा ब्लुटुथ इनबल्ड प्रविधि रहेको छ।

स्टिल्थ एयरक्राफ्टको डिजाइनबाट प्रेरित भएर टीभीएस एनटर्क १२५ ले सार्प, सिग्नेचर टेल र एलइडी ल्याम्पसहित एग्रेसिभ स्टाइललाई समेत मूर्तरुप दिएको कम्पनीको भनाइ छ।

शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले स्वस्तिमा खड्का र प्रदिप खड्कासंग सहकार्य गर्न पाउँदा निकै खुसी भएको बताएका छन् ।

कार्यक्रममा नायक प्रदिप खड्काले यो स्पोर्टी स्टकुरसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे। त्यस्तै नायिका स्वस्तिमा खड्काले आधुनिक प्रविधिको जडान भएको कारण गाडीमा चलाएजस्तो महसुस हुने बताइन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."