काठमाण्डौँ — नेपाल राष्ट्र बैंकले उद्योगी व्यवसायीहरूलाई बैंकको सञ्चालक बन्न नपाउने व्यवस्था गर्न प्रस्ताव गरेको छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) २०७३ माथिको पहिलो संशोधन प्रस्ताव गर्दै यस्तो व्यवस्था गर्न लागेको हो ।
प्रस्तावित बाफिया ऐनको दफा १८ को उपदफामा राष्ट्र बैंकले उद्योगी व्यवसायीलाई बैंकको सञ्चालक बन्न नपाउने व्यवस्था गर्न लागेको हो ।
बैंकले इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा सुविधा लिएका फर्म कम्पनी संस्थामा वित्तीय स्वार्थ भएका व्यक्ति उल्लेख गर्न भनिएको छ ।
त्यसैगरी, राष्ट्र बैंकले स्वतन्त्र सञ्चालक पनि साधारण सभाबाटै निर्वाचित हुनुपर्ने व्यवस्था गर्न लागेको छ ।
— राजधानी
FACEBOOK COMMENTS