 
			                  			              
काठमाडौँ, आश्विन २५ – एक्सेल डेभलपमेन्ट बैंकका एक संस्थापकले आफ्नो सेयर मध्येबाट १३ हजार कित्ता बिक्री गर्ने भएका छन्। सेयरधनी ताराप्रसाद दाहालले आफ्नो सेयर मध्येबाट बेच्न चाहेको सञ्चालक समिति बैठकमा निवेदन दिएका छन्।
उनको निवेदन परेपछि बैंकले आइतबार संस्थापकहरूलाई नै उक्त सेयर किनिदिन आग्रह गर्दै सूचना निकालेको छ। ३५ दिनभित्र खरिदका लागि निवेदन नपरे वा पूरै सेयर बिक्री नभए अन्यलाई बिक्रीको प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।
विर्तामोडमा केन्द्रिय कार्यालय रहेको एक्सेल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त वित्तीय संस्था हो। ८१ करोड चुक्ता पुँजी रहेको एक्सेलको कार्य क्षेत्र झापा, मोरङ, सुनसरी, इलाम र पाँचथर गरी ५ जिल्ला छ।
FACEBOOK COMMENTS