काठमाडौँ — एनएमबि बैंक र नेपाल घरेलु तथा साना उद्योग संगठनबीच वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ ।
आशय पत्रमा एनएमबि बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र एफएनसिएसआईको तर्फबाट महा सचिव डम्बर प्रसाद रेग्मीले संयुक्त रुपमा हस्ताक्षर गरे।
सम्झौता अनुसार एनएमबि बैंकसँगको सहकार्यमा एफएनसिएसआईले सो वित्तीय साक्षरता कार्यक्रम आफ्ना ४५,००० सदस्यहरुमाझ संचालन गर्नेछ जसमध्ये ९,००० सदस्यहरु महिला उद्यमी रहेका छन् ।
वित्तीय साक्षरता कार्यक्रम लघु, साना तथा मझौला उद्यमहरुको पक्षमा केन्द्रित हुनेछ जहाँ यस कार्यक्रमले सहभागी प्रशिक्षार्थीहरुलाई आर्थिक श्रोत सुनिश्चित गर्ने र श्रोतको अधिकतम उपयोग गर्ने विषयमा प्रशिक्षण प्रदान गरिनेछ ।
FACEBOOK COMMENTS