काठमाण्डौँ — समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ओरेण्टल को–अपरेटिभका प्रमुख सुधीर बस्नेतलाई कुनै पनि प्रकारको ऋण तथा आर्थिक सहयोग नदिन आग्रह गरेको छ ।
समितिले बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यक्ति वा कुनै पनि सङ्घसंस्थालाई आर्थिक सहयोग नगर्न तथा नगराउन आग्रह गरेको हो ।
पछिल्लो समयमा समितिलाई अटेर गर्दै बस्नेत र उनको समूहले पुनः रकम उठाउन थालेको भन्ने जानकारी आएपछि त्यस्तो सूचना गरिएको आयोगका अध्यक्ष युवराज सुवेदीले जानकारी दिए।
बस्नेतले कोहिनुर हिल हाउजिङ कम्पनी समेतमा सूचना प्रकाशित गरी पुनः रकम उपलब्ध गराउन आग्रह गरेपछि समितिले त्यस्तो सूचना प्रकाशित गरेको हो।
थप रकम माग गर्ने, अर्पाटमेण्ट बुकिङ गर्ने र सो कार्यका लागि समायोजन किस्ताको नाममा रकम उठाउने जस्ता कार्य बढ्दै गएको पाइएको समितिको भनाइ छ।
बस्नेतसँग जोडिएका सम्पत्ति बिक्री वितरण गर्ने, त्यसलाई ‘लिक्विडेशन’ गर्ने र पीडितको रकम उपलब्ध गराउने गरी आवश्यक तयारी गरिएको सदस्य पन्थीको भनाइ छ।
— कान्तिपुर
FACEBOOK COMMENTS