काठमाडौं, २४ माघ – देशभर हिजो (शुक्रवार)बाट धुम्मिएको मौसमका कारण आज (शनिबार) झनै चिसो बढेको छ । देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ । केहि ठाउँमा भारी हिमपात भएको छ ।
यसैक्रममा काठमाडौं चन्द्रागिरीमा हिँउ परेको छ । चन्द्रागिरी हिल्सले आफ्नो समाजिक सञ्जाल फेसबुकमा हिँउ परेको भिडियो राखेको छ । भिडियो क्लिपमा हिँउ परेपछि चन्द्रागिरी घुम्न गएकाहरु रमाइरहेको देख्न सकिन्छ ।
FACEBOOK COMMENTS