काठमाडौं, मंसिर १०- नेपाली बजारमा मंगलबार सुनको मूल्य केहि घटेको छ । मंगलबार सुन तोलाको ४ सय रुपैंयाले घटेको हो ।
आइतबार र सोमबार ७१ हजार ६ सय रुपैंयामा कारोबार भइरहेको छापावाला सुन आज ७१ हजार दुई सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसै गरी आज तेजाबी सुन प्रतितोला ७० हजार ९ रुपैंयामा कारोबार भइरहेको छ भने चाँदीको ८ सय ५० रुपैंयामा कारोबार भएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS