काठमाडौं, चैत १७ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (मंगलबार) दोहोरो अंकले बढेको छ । हिजो सोमबार नेप्से नेप्से ५.४५ अंकले घटेर दुई हजार पाँच सय ४३ दशमलब ५२ विन्दुमा थामिएको थियो ।
नेप्सेका अनुसार आज नेप्से ३२.१५ अंकले बढेर दुई हजार पाँच सय ७५ दशमलब ६७ विन्दुमा पुगेको छ भने आज ६ अर्ब १८ करोड ५६ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका एउटा समूहमध्ये दुई समूह बाहेक अन्यसबै समूह घटेका छन् । आज बजार घटेपनि ६ कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
वोमी माइक्रोफाइनान्स वित्तिय संस्था, सानिमा जनरल इन्स्योरेन्स कम्पनी, जनरल इनस्योरेन्स कम्पनी, अजोड इन्स्योरेन्स कमपनी, समीट लघुवित्त वित्तिय संस्था, स्वाभिमान लघुवित्त वित्तिय कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
FACEBOOK COMMENTS