काठमाडौं, बैशाख ३१ – वीरगन्जस्थित नारायणी अस्पतालबाट भागेका दुई जना कोरोना संक्रमितमध्ये एकजना अस्पतालको सम्पर्कमा आएका छन्। मंगलबार गरिएको परिक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले एकजना संक्रमित सम्पर्कमा आएको र उनलाई अस्पताल ल्याउने तयारी भएको बताए।
भागेका अर्का संक्रमितको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS