 
			                  			              
काठमाडौं, जेठ १३ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बिहिबार सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा १४ अर्ब ७६ करोड ८८ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि नेप्सेमा २०७७ जेठ १० गते सोमबार १३ अर्ब १७ करोड ५३ लाख बराबरको करोबार भएर नयाँ रेकर्ड कायम भएको थियो ।
आज नेप्से १.२० अंकले घटेर दुई हजार आठ सय १५ दशमलब ४० विन्दुमा थामिएको छ भने आज कारोबार भएका समूहमध्ये ६ समूह बाहेक अन्य समूह बढेका छन् ।
नेप्सेका अनुसार आज २० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्श, कालिका पावर कम्पनी, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् ।
त्यस्तैगरि, आज अपि पावर कम्पनी, राधी विद्युत कम्पनी, दिव्यश्वर हाइड्रोपावर कम्पनी, शिव श्री हाइड्रोपावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, सानीमामाई हाइड्रोपावर, पञ्चकन्यामाई हाइड्रोपावर, नेशनल हाइड्रोपावर कम्पनी, बुटवल पावर कम्पनी, अरुण काबेली पावर, घलेम्दी हाइड्रो लिमिटेड, युनिभर्सल पावर कम्पनी र आँखु खोला जलविद्युत कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि आएको छ ।
त्यस्तै, आज मेरो मााइक्रोफाइनान्स वित्तिय संस्था र समता घरेलु लुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ ।

 
              
              
              
              		              
FACEBOOK COMMENTS