काठमाडौं – बिस्कुट तथा कन्फेक्सनरी उत्पादन तथा बिक्री वितरण गरिरहेको नेबिको प्रा. लि.ले नेपाल गुणस्तर(एनएस) चिन्ह पाएको छ ।
५४ वर्षदेखि उपभोक्ताको विश्वास जित्न तथा गुणस्तर उच्च राख्न सफल भएकोमा यस प्रा.लि ले गुणस्तर चिन्ह तथा आईएसओ ९००१ः२००८ क्वालिटी म्यानेजमेन्ट सिष्टम लिएको हो ।
उपभोक्ताको पाचन प्रणालीको सहजिकरण, तौल नियन्त्रण एवं सन्तुलन राख्न हाई इनर्जी एण्ड हाई फाइबर राखी उत्कृष्ट स्वादमा यो बिस्कुटलाई उत्कृष्ट बनाइएको कम्पनीले जनाएको छ ।
स्थापनाकालदेखि नै आफ्नो उत्पादनको उच्च गुणस्तर कायम गर्दै आएको यसको स्वामित्वमा बिस्कुट, कन्फेक्नरी, मैदा मिल र ट्रेडिङ कम्पनीहरु रहेका छन् ।
FACEBOOK COMMENTS