काठमाडौं,फागुन २४- नेपाल आयाल निगमले एलपी ग्यासको कुनै अभाव नरहेको र अनावश्यक हल्लाको पछि नलाग्न आग्रह गरेको छ । बजारमा ग्यास अभाव भएको भन्ने हल्ला चलेको भन्दै निगमले हल्लाको पछि नलागि साविकको मुल्यमा ग्यास खरिद गर्न आग्रह गरेको छ ।
निगमले आज एक विज्ञप्ती जारी गर्दैै बजारको माग अनुसार नै ग्यास आपूर्ति भइरहेको भन्दैं अनावश्यक रुपमा नयाँ सिलिन्डर नकिन्न पनि आग्रह गरेको छ ।
मासिक ३८ हजार मेट्रिक टन माग रहेकोमा बजारको बढ्दो मागलाई संबोधन गर्दै यो महिनाबाट बढाएर मासिक ४५ हजार मेट्रिक टन आपूर्ति भइरहेकाले अभाव नहुने निगमको विश्वास छ ।
कोरोना भाइसको संक्रमणको आशंकामा जनजिवन प्रभावित हुन थालेपछि दैनिक उपभोग्य बस्तुको अभाव हुने डरले उपभोक्ताले आवश्यकताभन्दा धेरै खरिद् गर्न थालेपछि निगमले विज्ञप्ती नै जारी गरी अभाव नरहेको जानकारी दिएको हो ।
FACEBOOK COMMENTS