संघीय संसदको छैटौ अधिवेशन अन्र्तगत बजेट अधिवेशन सुरु भएको छ । कोरोना भाइरसको संक्रमणको त्रासका बिच स्वास्थ्य परिक्षण तथा दुरी कायम गरेको सुरु भएको पहिलो बैठकमा प्रतिपक्ष दलले प्रधानमन्त्रीको केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा , जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई, सोही पार्टीका अर्का नेता राजेन्द्र महतोले प्रधानमन्त्रीको कार्यशैली प्रति असन्तुष्टि जनाउदै राजीनामा मागेका हुन् ।
कांँग्रेस सभापति देउवाले सिंगो देश कोरोना भाइरसबाट आतंकित भइरहेका बेला सरकारले लोकतान्त्रिक मूल्य, मान्यता एवं संविधानको मूल भावना विपरीत अध्यादेश जारी गरेर अलोकतान्त्रिक काम गरेको भन्दै आलोचना गरे ।
उनले सबैको ध्यान कोरोना विरुद्धको लडाईमा एक भएका बेला प्रधानमन्त्रीले दल विभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने षड्यन्त्र गर्नु नियोजित नियत भएको दावी गरे ।
देउवाले सांसद अपहरण प्रकरणमा सरकारको संलग्नता देखिएको बताउँदै अपराधमा संलग्न सबैलाई कडा कार्वाही गर्न माग समेत गरे । उनले सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाई सकेको बताए ।
उनले सरकारले कोरोना भाइरसको संक्रमण सुरु भएको लामो समय वितिसक्दा पनि आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था गर्न नसकेको भन्दै आलोचना गरे । यता जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले केपी ओली नेतृत्वको सरकारले लोकतन्त्रको छवि बिगार्ने काम गरेको बताउदै कोरोना संकट समाधानमा केन्द्रीत हुनुपर्ने सरकार सांसद अपहरण तथा पार्टी फुटाउने काममा लागेर आफ्नै छवि धुमिल गरेको बताए ।
उनले प्रधानमन्त्री सत्ताको प्रयोग गरेर अनावश्यक अलोकतान्त्रिक गतिविधिमा संलग्न भएको बताउदै आफ्नो उचाई सधै एकनास नहुने भन्दै राजिनामा दिएर आफ्नो उचाई कायम राख्न आग्रह गरे । उनले भारतमा अलपत्र परेका नेपालीमाथि भारतीय सुरक्षाकर्मीले गरेको अवहेलनाको भिडियोको चर्चा गर्दै राष्ट्रवादी भन्ने सरकारलाई त्यो भिडियोले छोयो कि छोएन भन्दै प्रश्न गरे ।
कोरोना भाइरस रोकथामका लागि सरकारले पर्याप्त तयारी नगरेको, आवश्यक स्वास्थ्य सामग्रीको प्रवन्ध नगरेको बताउँदै सरकारको काम गर्ने शैली भरपर्दो नभएको उल्लेख गरे । नेता भट्टराईले वैदेशिक रोजगारीमा रहेका नेपालीहरु बेरोजगार हुनुका साथै अलपत्र परेको र उनीहरुको व्यवस्थापनमा सरकारले कुनै योजना अघि नसारेको भन्दै आलोचना गरेका छन् ।
यस्तै जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले सरकार २ तिहाइको भइपनि दुई कौडीको काम नगरेको भन्दै आलोचना गरे । उनले बलियो सरकारबाट धेरै अपेक्षा गरेपनि जनताले केही पनि नपाएको गुनासो गरे ।
उनले भने–‘जनताले शक्तिशाली सरकार बनाएको छ, सुशासन होला, समृद्धि होला, पहिचानवादीले अधिकार पाउलान भनेको त अहिले नेपाली जनताले के पाए रु आज नेपाली जनताले शक्तिशाली सरकारबाट के पाए रु जुन सपमा हामीले देखेका थियौं, सुशासन पायौं रु समृद्धि पायौं रु के सबैका लागि संविधान बन्यो रु के हामीले खोसिएका अधिकार पायौं रु’
उनले सरकारले इमान्दारिताका साथ काम नगरेको बताउँदै सरकारले सांसद अपहरण गरेर मानवता विरुद्धको काम गरेको आरोप लगाए । उनले रातारात अध्यादेश ल्याएर पार्टी फुटाएर कसरी लोकतन्त्रलाई सरकारले बलियो बनाउन खोजेको भन्दै प्रश्न गरे ।
सरकारले कोरोना भाइरस रोकथामका लागि प्रभावकारी काम नगरेको भन्दै व्यापक मात्रामा परिक्षण गर्न आग्रह गरे । यस्तै राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले भारतमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन आग्रह गरिन्।
उनले भारतमा बेखर्ची भएका २५ हजार नेपालीहरु रहेको बताउदै उनीहरुको उचित व्यवस्थापन गर्न सुभाव दिइन्। उनले लकडाउनले मात्रै समस्या समाधान नहुने भन्दै अवको आवश्यक्तालाई ध्यान दिदै स्वास्थ्य उपकरण खरिदमा र राहतमा भएका भ्रष्टाचार गर्नेलाई कडा कारवाही गर्न माग समेत गरिन ।
यता सत्तापक्ष दल नेकपा संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङले सांसद अपहरण प्रकरणमा असन्तुष्टि ब्यक्त गरे । उनले कुनै पनि नाममा अपराधिक काम हुन नहुने बताउदै सांसद अपहरण जस्ता कुरा हुन नहुने र त्यसबारे संसदमा यथार्थ कुरा आउने अपेक्षा गरे ।
उनले भने–‘सांसद अपहरणको कुरा, यस्ता कुरामा विवादै छैन । तर यस्ता कुरा हुनुहुँदैन । भएको के हो रु यथार्थ के हो रु यहीँ संसद चल्दा चल्दैमा यथार्थ कुरा आउँछ भन्नेमा मलाई विश्वास छ । हामी कुनै पनि अपराधिक कार्यहरुको पक्षमा छैनौँ । यो कुरा म प्रष्ट शब्दमा भन्न चाहन्छु ।’
उनले आवश्यकता र बाध्यताका कारण लकडाउन लगाइएको र त्यसबाट कोरोना नियन्त्रणमा सफलता प्राप्त भएको उल्लेख गरे । ठूला देशहरु आक्रान्त भइरहेको बेलामा प्रभाकारी रुपमा उत्रिएका कारण कोरोना भाइरस रोकथाम भएको उनको भनाई छ । यसमा सरकार, प्रतिपक्ष, हिमाल, पहाड, तराईका सम्पूर्ण नागरिक एक ढिक्का भएका कारण सफलता प्राप्त भएको उनले बताए ।
FACEBOOK COMMENTS