काठमाडौं – बाणिज्य बैंकहरु बीच ब्याजदर बढाउने प्रतिष्पर्धा सुरु भएको छ ।
बैंकर्स संघले मुद्दति निक्षेपको ब्याजदर साढे १० प्रतिशत भन्दा बढी नदिने भद्र सहमति तोडेसँगै बैंकहरुबीच प्रतिष्पर्धा सुरु भएको हो ।
जनता बैंकले १२ प्रतिशत ब्याजदरमा जनता मुद्दति खाताको अफर ल्याएको छ । जनताको अफर आए लगत्तै माछापुच्छ्रे बैंकले १२.५ प्रतिशत ब्याज दिने गरी व्यक्तिगत मुद्दति खाता योजना अघि सारेको छ ।
यसअघि बैंकर्स संघले मुद्दति निक्षेपमा साढे १० प्रतिशत भन्दा बढी ब्याज नदिने भद्र सहमति गरेको थियो ।
FACEBOOK COMMENTS