वीरगञ्ज ( जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यू आदेश जारी गरेको छ। मंगलबार राती ८ बजेदेखि लागू हुने गरी वीरगञ्ज महानगरपालिकासहित जिल्लाभर निषेधाज्ञा जारी गरिएको कार्यालयले जानकारी दिएको छ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार जिल्लाभर लागू हुने गरी जारी गरिएको निषेधाज्ञा जेठ ५ गते राती १२ बजेसम्म लागू हुने छ।
कोरोना भाइरस संंक्रमितको संख्या बढ्दै गएकाले कर्फ्यू आदेश जारी गरिएको कार्यालयको भनाइ छ। मंगलबार मात्र वीरगञ्जमा ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। हालसम्म पर्सामा ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
FACEBOOK COMMENTS