काठमाडौँ, फागुन १९ – विद्यालय अध्ययनरत बालबालिकाको प्रतिभा निखार्ने उदेश्यले प्रतियोगिता ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस २०२१’ को आयोजना हुने भएको छ । भक्तपुर निस्ट स्कुल तथा इनोभेसन इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजना रहेको प्रतियोगितामा ५ देखि ९ वर्षको छात्र तथा छात्राले सहभागिता जनाउन सक्नेछन् ।
प्रतियोगितामा बालबालिकाको आत्मविश्वास बढाउने, समाजमा सबैलाई कसरी सम्मान गर्ने तथा व्यक्तित्व विकासका कुरा सिकाउनुको साथै नृत्य, गायन, कला जस्ता कुराहरु पनि सिकाइनेछ । कार्यक्रमको पहिलो चरणको अडिसन केही दिन अगाडि भएको थियो भने दोस्रो चरणको अडिसन यहि शनिबार हुँदैछ ।
पहिलो चरणमा ७० जना बालबालिका छनोट भएका छन् । विद्यार्थीलाई पढाइको अलवा अतिरिक्त क्रियाकलापमा पनि सहभागिता जनाउन प्रतियोगिता आयोजना गरिएको आयोक भक्तपुर निस्ट स्कुलका प्रधानाध्यापक दिलिप रानाले बताए । पाँचदेखि सात तथा आठदेखि नौ वर्षका बालबालिका गरि दुई समूहमा विभाजन गरेर आयोजना हुने प्रतियोगिताको १४ चैतमा जमलस्थित नाचघरमा आन्तिम स्पर्धा हुनेछ । विजेताले शीर्ष ताजसहित विभिन्न पुरस्कार प्राप्त गर्न सक्ने आयोजक पक्षले जनाएको छ ।
FACEBOOK COMMENTS