काठमाडौँ ,१९ फागुन – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार र विप्लव नेतृत्वको नेकपालाई तत्कालिन राजनीतिक लाभ नहेरी दिर्घकालिन शान्ति र संरचनात्मक परिवर्तनलाई हेरेर वार्ता गर्न आग्रह गरेका छन् । समाजिक सञ्जाल ट्वीटरमा पूर्वप्रधानमन्त्री डा. भट्टराईले विप्लव समूहसँगको वार्ता प्रयत्न ठिक भएको पनि उल्लेख छ ।
‘विप्लव समूहसंग वार्ताको प्रयत्न ठीक छ। दुवै पक्षले तत्कालीन राजनीतिक लाभांशनिम्ति हैन दीर्घकालीन शान्ति र संरचनात्मक परिवर्तननिम्ति यसलाई प्रयोगगरे गजब हुनेछ,’ डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘संगसंगै तत्कालीन जनयुद्ध र राज्यको नेतृत्वगर्ने शक्तिहरूसंग समझदारी गरेर TRC/वेपत्ता आयोगको काम टुंग्याए सुनमा सुगन्ध हुनेछ !’
FACEBOOK COMMENTS