काठमाडौँ, फागुन २१ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमतिमा नेपाललाई सुन्दर देश बनाउने सपना रहेको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिभित्र महान् आकांक्षा लुकेको बताएका छन् । राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’मा सम्बोधन गर्दै उनले आजको दिन नेपाली राजनीतिक आन्दोलनको नयाँ दिनका रुपमा अंकित भएको बताए ।
शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सहमतिमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले यो सहमति सरकार र आफ्नो पार्टीबीच मात्रै नभएको बताए।
‘यो सहमति केवल नेपाल सरकार र नेकपाको मात्रै कुरा होइन, यो सहमति पार्टी रकेही नेताको मात्रै कुरा होइन, यो सहमतिको पछाडि हाम्रो सहमतिमा लुकेको महान् आकांक्षा छ’, उनले भने, ‘नेपाल देशलाई एउटा आन्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना योभित्र छ। यो भित्र देशमा दीर्घ शान्ति, स्थिरिता कायम गर्ने र समृद्ध जीवनको चाहना रहेको छ।’
FACEBOOK COMMENTS